AnonymousUser

Logout

ढाकास्थित विद्यालयमा वायुसेनाको विमान खस्दा १६ जनाको मृत्यु

बांग्लादेशको ढाकास्थित एक विद्यालय परिसरमा वायुसेनाको विमान खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ। १०० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छन्।

पाकिस्तानमा मनसुनी विपद‍्बाट मृत्यु हुनेको संख्या २१६ मृत्यु, सयौँ घाइते

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाका कारण जुन २६ देखि हालसम्म २१६ जनाको मृत्यु भएको छ भने ५८० जना घाइते भएका छन्।

गोरु बजारको ठेक्का विवादले गौशालामा झडप हुँदा वडाध्यक्षसहित पाँच घाइते

महोत्तरीको गौशालामा गोरु बजारको ठेक्का विवादले झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्।

नेप्से परिसूचक २१.७६ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ।

युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा युवती पक्राउ

धनुषा प्रहरीले एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।

अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि त्रिभुवन विमानस्थलको अध्यागमनमा खटाएको जनाएको छ।

जापानमा सरकारले गुमायो बहुमत, तर शिगेरु इशिबा प्रधानमन्त्रीको रूपमा रहने

आइतबार भएको चुनावमा जापानको सत्तारुढ गठबन्धनले संसदको माथिल्लो सदनमा बहुमत प्राप्त गर्न असफल भएको छ।

अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा

काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।

'सतिप्रथा हटाउनजत्तिकै मेहनत छाउपडी हटाउन लाग्ने छ'

‘भगवान‍्ले दण्ड दिन्थे भने त हामीजस्तो छाउ नमान्नेलाई पनि दिँदा हुन्। छाउ नमान्दासमेत म दोस्रो पटक सांसद भएँ त! भगवान‍्ले त मलाई राम्रै गरिराखेका छन्। यसको मतलब यो सबै कुरीति हो।’

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

युक्रेनी ड्रोन आक्रमणले मस्कोका एयरपोर्ट अवरुद्ध, रुसी हवाई हमलाबाट युक्रेनमा ३ जनाको मृत्यु

युक्रेनी ड्रोन आक्रमणले मस्कोका प्रमुख एयरपोर्टहरू अस्थायी रूपमा बन्द भई १४० भन्दा बढी उडान रद्द वा अन्यत्र पठाइएका छन्, भने रुसले युक्रेनमा रातभर गरेको हवाई हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

सिरहा कारागारमा नाइके तोक्ने विषयलाई लिएर कैदीबन्दीबीच झडप, १३ जना घाइते

सिरहा कारागारमा नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

नेप्से परिसूचकमा झिनो सुधार, कारोबार रकम भने २१ अर्ब नाघ्यो

आइतबार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुग्दा २१ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।

नारायणगढ-मुग्लिन सडकमा ढुंगा खस्दा ३ भारतीय नागरिक घाइते

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलानजिक कारमाथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीले संस्थानको स्वायत्तता र पठनपाठन सुचारु गर्न माग गर्दै त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिएर बेपत्ता भएका दम्पतीको शव फेला

पर्वतको मादी गाउँपालिका–३, देउरालीको लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

बाढीपहिरोबाट देशभर ११ राजमार्ग पूर्ण अवरुद्ध

मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका ११ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।