AnonymousUser

Logout

बागमतीका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

घट्यो पेट्रोलको मूल्य, एलपी ग्यासको यथावत्

डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २१ अमेरिकी डलर बढाइएको छ।

मधेशमा सुख्खा: समाधानका लागि बजेट व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन

तत्काल मधेशमा देखिएको सुख्खाको समस्या समाधान नभए कृषि क्षेत्रमा गिरावट आउनुका साथै खानेपानीको अभाव हुने भएकाले यसका लागि आवश्यक बजेट सरकारले व्यवस्थापन गर्नुपर्ने समिति सभापति कमलादेवी वन्तले बताइन्।

तेहरानमा पानी संकट चुलिँदै गएपछि खपत घटाउन राष्ट्रपतिको आग्रह

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले राजधानी तेहरानमा खानेपानीको चरम संकट आउन सक्ने चेतावनी दिँदै खपत कम गर्न नागरिकलाई आग्रह गरेका छन्।

बाढीबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानको अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सरकारले बाढीका कारण क्षतिग्रस्त भएको बीपी राजमार्गको पुनर्निर्माण लागि जापानबाट प्राप्त २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

नेप्से परिसूचक ३१.५० अंकले घट्यो, करिब १६ अर्बको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा झरेको छ।

कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

काठमाडौँको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

रुससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत कर र ‘जरिबाना’ घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग हतियार र ऊर्जा खरिद गरेको भन्दै भारतबाट हुने आयातमा २५ प्रतिशत कर र ‘जरिबाना’ लगाउने घोषणा गरेका छन्।

वर्षाका कारण देशभर ७ राजमार्ग अवरुद्ध

वर्षापछि आएको बाढीपहिरोबाट देशभरका सात मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।

महिला टी२० विश्वकप २०२६ को छनोट प्रतियोगिता नेपालमा हुने

खेल काठमाडौँको मूलपानीस्थित तल्लो र माथिल्लो मैदानमा हुनेछन्। सहभागी १० टिमबाट ४ टिम विश्वकपका लागि छनोट हुनेछन्।

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पले भारतमाथि लगाए २५ प्रतिशत कर

ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा मार्ग परिवर्तन गर्न वा नयाँ भन्सार शुल्कको सामना गर्न १० दिनको समय दिएका थिए।

पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा बिहीबार बिहान चट्टानसहितको पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

पद्मश्री पुरस्कारका लागि छानिए पाँच पुस्तक

सूचीमा समावेश पाँच पुस्तकमध्ये एक आख्यान, एक गैरआख्यान, एक नियात्रा र दुई वटा उपन्यास छन्। यही सूचीबाट एक पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट हुनेछ।

मनसुनको ६० दिन: देशभर सरदरभन्दा कम वर्षा, मधेश बढी प्रभावित

मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको र अन्य स्थानमा किसानलाई पनि धान रोपाइ र बालीनाली लगाउन समस्या भइरहेको प्राधिकरणले जनाएको छ।

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

सुदूरपश्चिम, लुम्बिनी र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत ट्यारिफ घोषणा, रुससँगको व्यापारप्रति चिन्ता व्यक्त

भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरीद गरिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसबारे थप कदम चालिने संकेत पनि दिएका छन्।

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडाैँ जिल्ला अदालतले अहिराजलाई बलात्कारसम्बन्धी मुद्दामा थुनामा पठाउन आदेश दिएको हो।

ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन्।

शक्तिशाली भूकम्पपछि आएको सुनामीले ह्वेलहरूलाई बगाएर किनारमा ल्यायो

रुसको सुदूरपूर्वी भागमा गएको ८.७ म्याग्निच्युडको भूकम्पपछि समुद्रमा आएको सुनामीले चार वटा ह्वेललाई बगाएर जापानी तटमा ल्याएको छ।

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार झन्डै ३१ अंकले बढेर बन्द भएको नेप्से आज ​​​​​​​४७.९३ अंकले घटेर २,९५४.१४ को विन्दुमा झरेको छ।