AnonymousUser

Logout

ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत ट्यारिफ घोषणा, रुससँगको व्यापारप्रति चिन्ता व्यक्त

भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरीद गरिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसबारे थप कदम चालिने संकेत पनि दिएका छन्।

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडाैँ जिल्ला अदालतले अहिराजलाई बलात्कारसम्बन्धी मुद्दामा थुनामा पठाउन आदेश दिएको हो।

ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन्।

शक्तिशाली भूकम्पपछि आएको सुनामीले ह्वेलहरूलाई बगाएर किनारमा ल्यायो

रुसको सुदूरपूर्वी भागमा गएको ८.७ म्याग्निच्युडको भूकम्पपछि समुद्रमा आएको सुनामीले चार वटा ह्वेललाई बगाएर जापानी तटमा ल्याएको छ।

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार झन्डै ३१ अंकले बढेर बन्द भएको नेप्से आज ​​​​​​​४७.९३ अंकले घटेर २,९५४.१४ को विन्दुमा झरेको छ।

सिरहामा ८० वर्षीय वृद्धको हत्या

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद वा पुरानो झगडाको आशंका गरिएको प्रहरीले जनाएको छ।

चाँगुनारायणमा ३१ हजार विदेशी पर्यटक, १ करोड १९ लाख राजस्व संकलन

चाँगुनारायण मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकसँग प्रतिव्यक्ति ३०० र अन्य राष्ट्रबाट आएका पर्यटकसँग प्रतिव्यक्ति ४०० रुपैयाँका दरले शुल्क लिने गरिएको छ।

रुसमा ८.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थानका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा १८.२ किलोमिटर गहिराइमा भूकम्प गएको छ।

ल्हेन्दे खोलामा बाढी, टिमुरे भन्सारको धर्मकाँटा बगायो

प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका त्रिशुली र भोटेकोशी नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

पहाडी भूभागका धेरै तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

ट्रम्पले युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि भएको रुसी आक्रमणमा २५ युक्रेनीको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि रुसले गरेको हवाई आक्रमणमा एक गर्भवती महिला र १६ जना कैदीसहित २५ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा दायर

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)विरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दा दायर भएको छ।

न्युयोर्कस्थित एक भवनमा गोली चल्दा बन्दुकधारीसहित ५ जनाको मृत्यु

न्यूयोर्कको एक भवनमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ भने बन्दुकधारीले पनि आफ्नै ज्यान लिएका छन्

चितवन र झापामा करेन्ट लागेर २ जनाको मृत्यु

चितवन र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।‍​​​​​​​

नेप्से परिसूचक ३ हजार बिन्दुमाथि उक्लियो, साढे १८ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ।

चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव, २२ लाख तिर्न बाँकी

बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघको संख्या बढ्दै जाने हुँदा समस्या झन् जटिल बन्दै गएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

झारखण्डमा तीर्थयात्री सवार बस ग्यास सिलिन्डर बोकेको ट्रकसँग ठोक्किँदा १८ जनाको मृत्यु

भारतको झारखण्डमा तीर्थयात्री बोकेको एउटा बस ग्यास सिलिन्डर बोकेको ट्रकसँग ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।

नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो

पछिल्लो ६ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता हुने क्रम घट्दै गएको छ भने बन्द हुने क्रम बढ्दै गएको छ।

वर्षाका कारण देशभरका ८ राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्यांदी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड पनि अवरुद्ध छन्।

कम्बोडियाले युद्धविराम भंग गरेको थाई सेनाको आरोप

सोमबार मलेसियामा भएको शान्ति वार्तापछि कम्बोडिया र थाइल्यान्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका थिए।