AnonymousUser

Logout

नापतौल ठगीको कसुरमा २ हजारभन्दा बढी कारबाहीमा

गुणस्तर तथा नापतौल कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो।

साप्ताहिक ब्रिफिङः न्यारोबडीको इन्जिन २३ महिनादेखि इजरायलमा, टीकापुर जग्गा प्रकरणमा अख्तियारको प्रवेश

यो साता उकालोमा स्वास्थ्यमन्त्री पौडेलका एक वर्षः प्रचारमा रमाए, अवसर गुमाए, टीकापुर जग्गा प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान, मधेशमा किसानको चिन्ताः खेत सुक्यो, बीउ मर्‍योलगायतका शीर्षकका समाचार चर्चामा रहे।

खटाएको स्थानमा २४ घण्टाभित्र हाजिर हुन २३ कर्मचारीलाई गृहको उर्दी

सरुवा वा पदस्थापन भएको कार्यालयमा एक महिनासम्म पनि नजाने कर्मचारीहरूमा १८ शाखा अधिकृत र ५ नायब सुब्बा छन्।

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता २१ साउनदेखि

असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुने कार्यतालिका छ।

गुण्डागर्दीमा संलग्नमाथि काठमाडौँ प्रहरीको अपरेसन, चक्रे मिलनसहित ८० भन्दाबढी पक्राउ

रातको समयमा शान्ति सुरक्षामा खलल पुग्ने, झैझगडा गर्नेलगायत गतिविधि हुने गरेको गुनासोपछि अपरेसन चलाएर संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले जानकारी दिए।

बागमतीका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

घट्यो पेट्रोलको मूल्य, एलपी ग्यासको यथावत्

डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २१ अमेरिकी डलर बढाइएको छ।

मधेशमा सुख्खा: समाधानका लागि बजेट व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन

तत्काल मधेशमा देखिएको सुख्खाको समस्या समाधान नभए कृषि क्षेत्रमा गिरावट आउनुका साथै खानेपानीको अभाव हुने भएकाले यसका लागि आवश्यक बजेट सरकारले व्यवस्थापन गर्नुपर्ने समिति सभापति कमलादेवी वन्तले बताइन्।

तेहरानमा पानी संकट चुलिँदै गएपछि खपत घटाउन राष्ट्रपतिको आग्रह

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले राजधानी तेहरानमा खानेपानीको चरम संकट आउन सक्ने चेतावनी दिँदै खपत कम गर्न नागरिकलाई आग्रह गरेका छन्।

बाढीबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानको अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सरकारले बाढीका कारण क्षतिग्रस्त भएको बीपी राजमार्गको पुनर्निर्माण लागि जापानबाट प्राप्त २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

नेप्से परिसूचक ३१.५० अंकले घट्यो, करिब १६ अर्बको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा झरेको छ।

कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

काठमाडौँको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

रुससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत कर र ‘जरिबाना’ घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग हतियार र ऊर्जा खरिद गरेको भन्दै भारतबाट हुने आयातमा २५ प्रतिशत कर र ‘जरिबाना’ लगाउने घोषणा गरेका छन्।

वर्षाका कारण देशभर ७ राजमार्ग अवरुद्ध

वर्षापछि आएको बाढीपहिरोबाट देशभरका सात मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।

महिला टी२० विश्वकप २०२६ को छनोट प्रतियोगिता नेपालमा हुने

खेल काठमाडौँको मूलपानीस्थित तल्लो र माथिल्लो मैदानमा हुनेछन्। सहभागी १० टिमबाट ४ टिम विश्वकपका लागि छनोट हुनेछन्।

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पले भारतमाथि लगाए २५ प्रतिशत कर

ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा मार्ग परिवर्तन गर्न वा नयाँ भन्सार शुल्कको सामना गर्न १० दिनको समय दिएका थिए।

पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा बिहीबार बिहान चट्टानसहितको पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

पद्मश्री पुरस्कारका लागि छानिए पाँच पुस्तक

सूचीमा समावेश पाँच पुस्तकमध्ये एक आख्यान, एक गैरआख्यान, एक नियात्रा र दुई वटा उपन्यास छन्। यही सूचीबाट एक पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट हुनेछ।

मनसुनको ६० दिन: देशभर सरदरभन्दा कम वर्षा, मधेश बढी प्रभावित

मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको र अन्य स्थानमा किसानलाई पनि धान रोपाइ र बालीनाली लगाउन समस्या भइरहेको प्राधिकरणले जनाएको छ।

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

सुदूरपश्चिम, लुम्बिनी र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।