AnonymousUser

Logout

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ को बिन्दुमा कायम भएको छ।

माओवादी स्थायी समिति बैठकले पारित गर्‍यो २६बुँदे प्रस्ताव

माओवादी केन्द्रको स्थायी समितिको बैठकले समसामयिक राजनीतिक विषयमा २६बुँदे प्रस्ताव पारित गरेको छ।

वर्षाका कारण मुगुमा ९ घर भत्किए, पीडितको बिचल्ली

वर्षाले मुगुको छायानाथ रारा नगरपालिका-१० मा नौ घर भत्किँएका छन्। पीडितले अहिलेसम्म कुनै पनि सरकारी निकायबाट राहत नपाएको गुनासो गरेका छन्।

किसानलाई तत्काल मल उपलब्ध गराउन सांसदको माग

लामो खडेरीपछि वर्षा भएसँगै धान रोपाइँमा जुटेका मधेशका किसानलाई मलको अभाव भएपछि प्रतिनिधिसभाका सांसदहरूले तत्काल मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

पाकिस्तानमा मनसुनी वर्षाका कारण १४० बालबालिकासहित २९९ जनाको मृत्यु

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनी वर्षाका कारण हालसम्म २९९ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।

बुटवल–नारायणगढ सडकखण्ड दाउन्नेमा अवरुद्ध

बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

भिजिट भिसामा जाने वार्षिक पौने ३ लाख, ४२ प्रतिशतभन्दा बढी महिला

यूएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा भिजिट भिसामा जाने महिला यात्रुको संख्या पुरुषको भन्दा बढी रहेको छ।

सप्तकोशी नदीमा पानीको बहाव  उच्च

कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ।

यमनको तटमा डुंगा पल्टिँदा कम्तीमा ६८ आप्रवासीको मृत्यु

यमनको तटमा डुंगा पल्टिँदा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ भने ७४ जना अझै बेपत्ता छन्। संयुक्त राष्ट्रसंघीय आप्रवासन एजेन्सी आईओएमले यस घटनालाई 'हृदयविदारक' भनेको छ।

आजको मौसम: यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली गए राति त्यसतर्फ प्रस्थान गरेका छन्।

अझै केही दिन देशभर मनसुन सक्रिय रहने

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सरकारसँग सहमतिपछि नगरप्रमुख भट्टराईले तोडे अनशन

निमार्ण कार्यमा बाँसको प्रयोग गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवनसंहितालाई अन्तिम रूप दिई सबै प्रक्रिया पूरा गरी लागू गरिने सहमति पत्रमा उल्लेख छ।

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्।

संसदीय समितिको प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेश गरिने

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ।

तनहुँ बस दुर्घटनाका ५ घाइतेलाई आँबुखैरेनी अस्पताल पुर्‍याइयो

गोरखाबाट नारायणगढ जाँदै गरेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा आइतबार दिउँसो दुर्घटनामा परेको छ।

निर्मला पन्त हत्या घटनाको अनुसन्धान नयाँ शिराबाट गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्यासहित सीआईबीले अनुसन्धान गरिरहेका सबै जटिल घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान गर्न निर्देशन दिएका छन्।

विकिलिक्सका संस्थापक असान्ज प्यालेस्टाइन समर्थकको प्रदर्शनमा सहभागी

बेलायती जेलबाट रिहा भएपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्ज आफ्नो परिवारका सदस्य र अस्ट्रेलियाका पूर्वविदेशमन्त्री बब कारसँगै सिड्नी हार्बर ब्रिजमा आयोजित प्रदर्शनमा सहभागी भएका छन्।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

आइतबार नेप्से परिसूचक ६३.७३ अंक अर्थात् २.१८ प्रतिशतले घटेर २८५८.९० बिन्दुमा कायम भएको छ।

सुख्खाग्रस्त मधेशमा वर्षाले किसानलाई राहत

गएरातिको वर्षाले मधेशका किसानलाई केही राहत दिए पनि पर्याप्त पानी नपर्दा अझै आधाभन्दा बढी धान रोपाइँ हुन सकेको छैन।