AnonymousUser

Logout

नारायणघाट–बुटवल सडक आयोजनाको चौथो पटक थपियो म्याद

सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको नारायणघाट–बुटवल सडकको म्याद चौथो पटक थप गरी २०८३ साउन ७ गतेसम्म पुर्‍याएको छ।

म्यानमारको रुबीखानी क्षेत्रमा हवाई आक्रमण, १३ जनाको मृत्यु

चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थ गरेपछि घोषणा गरिएको आपत्कालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ।

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ।

महोत्तरीमा सामूहिक प्रयासले १५ दिनमा ६० बिघा रोपाइँ

चारैतिर पानीको हाहाकार परेका बेला टोलबासीलाई एकत्रित गरी बोरिङ जडान गरेर सबैको सहभागिता जुटाउँदै साउन १५ भित्रै रोपाइँ सकिएको अवकाश प्राप्त सहसचिव काशीराज दाहालको भनाइ छ।

बालुवा संकलन गर्न गर्न गएका बालकको करेन्ट लागेर मृत्यु

डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका बालकले नजिकै रहेको विद्युत् पोलमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

‘सामाजिक सञ्जालको प्रभावले घर–घरमै कलाकार जन्मन थाले, गाईजात्रामा हास्यव्यंग्यको रौनक घट्यो’

‘हामीभन्दा हाम्रा नेतृत्ववर्ग बढी हास्यव्यंग्यले युक्त देखिन थालेका छन्। उनीहरूका क्रियाकलाप बढी हँसाउने हुन थालेका छन्।’

ट्रम्पको कर नीति र घट्दो रोजगारी दरले विश्व बजारमा नकारात्मक असर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा अपेक्षाभन्दा कम रोजगारी सिर्जना भएपछि विश्वका प्रमुख शेयर बजारमा यसको नकारात्मक असर देखिएको छ।

दुहबीमा दुइटा मोटरसाइकल आपसमा ‍ठोक्किँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

सुनसरीको दुहबीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

पुवा खोलामा बेलिब्रिज निर्माण, बिर्तामोडसम्मको दूरी ३६ किलोमिटर छोटियो

मेची करिडोरअन्तर्गत पुवा खोलामा बेलिब्रिज बनेपछि इलामबाट बिर्तामोडसम्मको यात्रा ३६ किलोमिटर छोटिएको छ।

अमेरिका–रुस तनाव: तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने

भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्ने विज्ञहरूले बताएका छन्।

विष्णु थापाको पुस्तक ‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ विमोचित

नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको छ।

कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

गण्डकी र लुम्बिनीसहित पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

नुवाकोटको साततले दरबार पुनर्निर्माणका लागि भत्काइँदै

साततले दरबार १० वर्षअघि २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएसँगै आवश्यकताका आधारमा पुनर्निर्माण थालिएको दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेले बताए।

पोखरीमा डुबेर एक जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

पोखरीमा डुबेर एक जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

चक्रे मिलनसहित १९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

मिलन गुरुङ (उर्फ चक्रे मिलन)सहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।

गाउँमा कोदोको बीउसमेत पाउन मुस्किल, बाझिँदै बारी

एक दशकअघिसम्म पाल्पाको ग्रामीण भेगमा हरेकजसो बारीमा कोदो खेती गरिन्थ्यो। तर, अहिले गाउँघरमा कोदोको बीउ पाउनसमेत मुस्किल हुन थालेको छ।

कोभिडपछि अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा, जुलाईमा भित्रिए ७० हजार पर्यटक

नेपाल पर्यटन बोर्डका अनुसार, कोरोना महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ।

सिन्धुलीमा रूखले किचेर २ जनाको मृत्यु, तीन घाइते

वर्षासँगै आएको पहिरोले सालको रूख लडाएर टहरामा बज्रिँदा ओत लागेर बसेका दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जान घाइते भएका छन्।

अनिकालको गम्भीर अवस्थामा गाजा, डब्ल्यूएचओद्वारा तत्काल सहायताको अपिल

डब्ल्यूएचओका अनुसार, गाजाको स्वास्थ्य सेवा प्रणाली अहिले चिकित्सा आपूर्ति र इन्धनको अभावका कारण सेवा दिन असमर्थ भएको छ। यसले गर्दा बिरामी र स्वास्थ्यकर्मी दुवैले पीडा भोग्नुपरेको छ।