भाषा आयोग सदस्यमा प्राडा. कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय हुँदा अर्कै कृष्णप्रसाद न्यौपानेले नियुक्ति पाएको विषयमा अख्तियारले संस्कृति मन्त्रालयसँग जवाफ मागेको छ।
सरकारले जलवायु परिवर्तनका समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय सहयोगको प्रभावकारी परिचालन गर्नका लागि नयाँ ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ प्रस्ताव गरेको छ।
गाईजात्रा
‘मलाई के लाग्छ भने कमेडियनले पनि आफ्ना लागि लक्ष्मण रेखा कोर्नुपर्ने हुन्छ। कमेडियनको पनि निजी सम्पादकीय र आचारसंहिता हुनुपर्छ।’
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा पुगेको छ।
विगत पाँच वर्षदेखि कार्यविधि नल्याउँदा वन व्यवस्थापन, जीविकोपार्जन, सामाजिक सेवा र संस्था सञ्चालनमा समस्या आइरहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए।
सन् २०२१ मा बाइडेन र पुटिनबीच जेनेभामा भेटवार्ता भएयता बहालवाला अमेरिकी र रुसी राष्ट्रपतिबीच हुन लागेको यो प्रत्यक्ष भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।
नेपाली नागरिकलाई भारतका विभिन्न शहरमा पुर्याएर मिर्गौला झिकी बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँ र काभ्रेबाट २-२ जनालाई पक्राउ गरेको छ।
खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन्।
मानव बेचबिखन अनुसन्धान ब्युराेकाे टोलीले बुधबार राति काठमाडौँबाट एक जना आरोपितलाई पक्राउ गरेको छ।
दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।
झन्डै साढे ३ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको भन्दै १ वर्ष कैद सजाय र त्यति नै बिगो बराबरको जरिबाना हुने फैसला गरेको छ। अर्को मुद्दामा सजाय निर्धारण भएको छैन।
मनसुन शुरू भएदेखि सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकासहित देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ।
भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वागत कार्यक्रम आयोजना गरिएको थियो।
अघिल्लो कारोबार दिन ४१ अंकको गिरावट देखिएको बजारमा आज भने १.९४ अंकले घटेर २,८३२.०६ को विन्दुमा पुगेको छ।
बादल फाटेर खीरगंगा नदीमा आएको बाढी धराली गाउँमा पसेको थियो। यसले गर्दा उक्त क्षेत्रका सडक, भवन र पसल हिलोले पुरिएका छन्।
चोहर्वा–सिरहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका हुन्।
प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले मन्त्रिपरिषद्ले भाषा आयोगको सदस्यमा एक जनालाई नियुक्त गरेको तर नियुक्ति भने अर्कैले बुझेर काम गरिरहेको विषयमा संसद्को ध्यानाकर्षण गराएका हुन्।
एनपीएल अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए। ती मध्येबाट क्यानको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार १५० खेलाडी छनोट गरिएको हो।
कर्णाली र सुदूरपश्चिमलगायत पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ।