बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी पाटनको भेडीगोठमा भेटिएका छन्।
ओसीएचएले गाजामा प्रवेश गर्ने राहत कार्यमा ढिलाइ हुने गरेको जनाएको छ। दक्षिणी भागमा रहेको समुद्री पानीलाई पिउनयोग्य बनाउने विद्युत् आपूर्ति लाइन यस साताभित्रै तेस्रो पटक क्षतिग्रस्त भएको छ।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
पहिरोले करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौली जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।
थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले साउदी अरबलाई १–० गोलले पराजित गरेको छ। योसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ।
यो साता उकालोमा पर्सामा प्रशासन र प्रहरीको ‘असुली अभियान’, नियुक्तिमा पूर्वकर्मचारीको मरिहत्ते, संसद्मा विधेयक अड्किएका अड्कियै, क्यान बैठकमा बबन्डरलगायतका शीर्षकका समाचार चर्चामा रहे।
न्याय मन्त्रालयका अनुसार, मदुरोले ‘द कार्टेल अफ द सन्स’ नामक कोकेन तस्करी गिरोहको नेतृत्व गर्छन्। यो गिरोहले दुई दशकमा सयौँ टन लागुऔषध अमेरिका पठाएर करोडौँ डलर कमाएको दाबी गरिएको छ।
मुलुकमा बढ्दै गइरहेको बेरुजु अन्त्य गरी आर्थिक पारदर्शिता कायम गर्न सार्वजनिक लेखा समितिका सदस्यहरूले सरकारलाई सुझाव दिएका छन्।
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ।
गाजा पट्टीमा मानवीय सहायताको प्रतीक्षामा रहेका मानिसलाई लक्षित गरी इजरायली सेनाले चलाएको गोलीबाट पूर्वफुटबल खेलाडी ४१ वर्षीय ओबेदको मृत्यु भएको प्यालेस्टिनी फुटबल संघले जनाएको छ।
बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
भारतको उत्तराखण्डस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी मजदुरी गर्न गएका जाजरकोटको कुशे गाउँपालिकाका १३ जना सम्पर्कविहीन भएका छन्।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलालाई नागरिकता जारी गर्ने निकायले नजिरका रूपमा नमान्दा कार्यान्वयनमा समस्या आएको पाइएको छ।
मिर्गौला दिन इन्कार गरेपछि गिरोहले सबै खर्च तिर्नुपर्ने भन्दै धम्की दिए साउन ९ गते चण्डीगढको एक क्लिनिकमा पीडितको बायाँ मिर्गौला निकालेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशसभाको बिहीबारको बैठकबाट गैरसरकारी विधेयकका रूपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले अस्वीकृत भएको छ।
न्याय परिषद्ले विभिन्न उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति र पदस्थापन सिफारिस गर्ने निर्णय गरेको छ।
काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।