वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको शव परिवारले बुझेका छन्।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई जमानतमा छाड्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।
पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले मंगलबारदेखि रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ।
गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचनामा हेरफेर गर्दै ३२ वटा कार्यालयलाई गाभेर १७ वटामा झारेको छ।
विज्ञहरूले जलवायुजन्य विपद्का घटनाबाट हुने जनधनको क्षति घटाउनका लागि सीमापार पूर्वसूचना सम्प्रेषण प्रणाली र अन्तरनिकाय समन्वयको आवश्यकता रहेको बताएका छन्।
वेम्बलीको बन्द हलमा नेपाली संगीतको इतिहासमै पहिलोपटक १० हजार दर्शक जुटाएर नेपथ्यले आफ्नै पुरानो रेकर्ड तोडेको छ।
आइतबार नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को बिन्दुमा कायम भएको छ।
मधेश प्रदेशमा गत वर्ष यस अवधिमा ९७ प्रतिशत रोपाइँ सकिएकोमा यस वर्ष ७६.५४ प्रतिशत मात्रै रोपाइँ भएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको मृत्यु भएको छ।
मतदाता सूचीमा धाँधली भएको आरोप लगाउँदै संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयसम्म मार्च गरिरहेका विपक्षी गठबन्धनका सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरी सोमबार बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन्।
अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ।
पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन्।
विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ४६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन्।
यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरिसकेका छन्।
अल–शरीफलाई कुनै दिन रिपोर्टिङ गर्दागर्दै इजरायली आक्रमणमा पर्छु भन्ने थाहा थियो। त्यसैले उनले आफ्नो मृत्युकाे दिन प्रकाशित हुने गरी गत अप्रिलमा अन्तिम सन्देश लेखेका थिए
अहिले काठमाडाैँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
बैंकको रकम ‘वन एक्स बेट’ नामक प्रतिबन्धित अनलाइन जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चार कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ स्थित सापातेलमा मृत फेला परेका दुई बालबालिकाको शव चिहानबाट निकालेर प्रहरीले अनुसन्धान शुरू गरेको छ।