न्यायपरिषद्को शुक्रबार बसेको बैठकले जिल्ला र उच्च अदालतका २१० न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो।
पाथीभरामा केबलकार ल्याउँछु भन्ने प्रतिबद्धता अघि सार्दै ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयर बनेका थिए कांग्रेस नेता अमिर मादेन।
खानी विभागका महानिर्देशक मोनिका झालाई २०८२ साउन २६ गते उपमहानिर्देशकको रूपमा शिक्षा मन्त्रालयमा सरुवा गरिएपछि विभागभित्रै असन्तोष उत्पन्न भएको छ।
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० शृंखलामा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी (एनटी) स्ट्राइकरसँग पराजित भएको छ।
काठमाडौँको चमतीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने उच्चस्तरीय शिखर सम्मेलनमा भेट हुँदैछ।
ताप्लेजुङमा फड्के तर्ने क्रममा खोलामा खसेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ।
यीबाहेक यो साता उकालोमा दुखाइ नियन्त्रण उपचारको बेलगाम धन्दा, सरकारको रूचिका विधेयक ‘फास्ट ट्रयाक’मा, कसले बनाउने नाला हुँदै बनेपा जाने सडक, होमस्टेका नाममा 'गेस्टहाउस' लगायतका स्टोरी चर्चामा रहे।
नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित ललितपुरमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गरिएको छ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत हुने व्यवस्था छ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको सडक हिलाम्मे हुँदा सेवाग्राही मारमा परेका छन्।
गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ।
पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६.१५ प्रतिशत बढी खर्च भएको छ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफाइ गरिने भएकाले नदीमा पानीको सतह घटबढ हुन सक्छ। यसले गर्दा तटीय क्षेत्रमा बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४, ठूल्ढुंगामा बिहीबार साँझ भएको दुर्घटनामा २१ जना घाइते भएका छन्।
पाल्पाको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेललाई सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
भारत-शासित जम्मू-काश्मीरको किष्टवार जिल्लामा एकाएक अति भारी वर्षा भई आएको बाढीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।
बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई नदीजन्य पदार्थ हिनामिना गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँभन्दा बढी जरिबाना तोकेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाले ट्रकलाई लाग्दा तीन जना घाइते भएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदले कारागार व्यवस्थापन सुधार गर्नुपर्ने, कानून निर्माणमा ढिलाइ भएको र अर्थतन्त्रमा सुधार नआएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।