बिहीबार नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ बिन्दुमा पुगेर रोकिएको छ।
यूएन वुमनले पछिल्ला दशकहरूमा प्राथमिक र माध्यमिक तहमा भर्ना दरमा लैंगिक समानता बढेको भए पनि केही क्षेत्रमा अझै पनि ठूलो असमानता रहेको औँल्याएको छ।
काठमाडौँ महानगरले खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको भन्दै सुन्धारास्थित धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ।
हिमाली गाउँपालिका–१ विच्छ्या खोलामा आएको बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा परेको प्रहरीले जनाएको छ।
सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२’ स्वीकृत गरेको छ भने नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर पनि तोकेको छ।
क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सुरक्षाका कारण रवि लामिछानेलाई छुट्टै कोठामा राखिएको, सबै कैदीबन्दीलाई समान रूपमा सुविधा प्रदान गरिएको रुपन्देही कारागार कार्यालयले जनाएको छ।
हाल देशभर साधारणतया बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ। बिहीबार रातिदेखि बिस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ।
रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रारम्भदेखि नै अलग्गै एउटा कोठामा राखिएको कारागार कार्यालयले जनाएको छ।
कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्र पर्ने संरचना डोजर र ब्रेकर लगाएर भत्काइएको छ।
मनसुनको न्यूनचापीय रेखा पश्चिममा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले पूर्वी भूभागभन्दा पश्चिमतर्फ बढी सक्रिय रहने छ।
'थिएटर इन एजुकेसन' अन्तर्गत नाट्य विधा पढाइ हुने विद्यालयहरू लक्षित गरी आगामी भदाै दुई गतेदेखि दोस्रो राष्ट्रिय विद्यालय स्तरीय नाटक महोत्सव हुने भएको छ।
केही दिनअघि कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो।
अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि उनी तत्काल नछुट्ने भएका छन्।
यो त्यही सहकारी हो, जसमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको समेत नाम जोडिएको थियो। तर, सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाउँदा भने उनलाई प्रतिवादी बनाएको छैन।
सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर/कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्।
विंगलले नेपालमा एमसीसी परियोजनाको कार्यान्वयनबारे चासो व्यक्त गरेका थिए।
बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २,७८५.७४ विन्दुमा पुगेर रोकिएको छ।
आफ्नो जिल्लामा बस्न रुचाउने र अन्यत्र सरुवा नगरिदिन आग्रह गर्ने गरेका कारण कतिपय कारागारमा क्षमताभन्दा धेरै गुणा कैदीहरू रहेका गृहमन्त्री लेखकको भनाइ छ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी गराएका हुन्।
आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ।