खयरमाराबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो।
शुक्रबारदेखि असोज २० गतेसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थाबाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ।
इजरायली आक्रमणको क्रममा मृत्यु हुने पत्रकारहरूको संख्या २५४ पुगेको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ।
भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीको टीकाको दिन ‘जेनजी आन्दोलन’मा मृत्यु भएका शहीद परिवारलाई भेटेर सान्त्वना दिएकी छन्।
दशैँमा टीका र जमरा लगाएपछि, तीन दिनसम्म सुनसानजस्तै रहेका उपत्यकाका सडकहरूमा मानिसहरूको चहलपहल बाक्लिएको छ।
मलेसियाले महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई ३ रनले पराजित गरेको छ।
घाइते सबैको स्थानीय बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।
घटस्थापनाको दिनमा घरघरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्छन्।
बुधबार राति भएको खेलमा साबिक विजेता पीएसजीले बार्सिलोनामाथि २–१ को पुनरागमन जित हासिल गरेको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले विजयादशमीको टीका प्रसाद ग्रहणका लागि बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ।
असोज १७ गतेदेखि २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने जनाइएको छ।
काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगीको संक्रमण कायमै रहेकाले सचेत रहन नगरवासीलाई आग्रह गरेको छ।
जेनजीको आन्दोलनले पारेको प्रभावसँगै मनाङ भित्रिने लमजुङ खण्डको हिलाम्मे बाटो र काठमाडौँ–बेँसीशहर सडकमा पहिरोले गरेको पटक–पटकको अवरोध नै पर्यटक आगमनमा कमी आउनुको मुख्य कारण बनेका छन्।
सोमबार दिउँसो विद्यार्थी प्रार्थनाका लागि भेला भएको समयमा विद्यालय भवन एक्कासि भत्किएको थियो।
महानवमी
भक्तपुरको तलेजु भवानीको मन्दिर महानवमीको दिन मात्र सबैका लागि खुल्ला गरिन्छ। यस दिन भवानीको दर्शन गर्न जाने दर्शनार्थीहरूले करिब ५० वर्षअघि यहाँबाट हराएको तलेजु हार पनि सम्झिने गरेका छन्।
बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेदेखि मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुनेछ।
उनलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो। ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।