दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको उद्धार गरेर उपचारका लागि धरान पठाइएको छ।
बागमती, मधेश, गण्डकी र लुम्बिनीमा शनिबार राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
चन्द्रागिरिबाट नागढुंगा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधन पनि होल्ड गरिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा शनिबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ६ विकेटले हराएको छ। यससँगै शृंखला १–१ को बराबरीको अवस्थामा पुगेको छ।
देशका अधिकांश स्थानमा वर्षा भइरहेको र भारी वर्षा हुने पूर्वानुमान रहेकाले तीन दिन यातायात बन्द गरिएको प्राधिकरणले जनाएको छ।
काठमाडौँबाट जानेलाई काभ्रे भन्ज्याङमा र काठमाडौँ आउने गाडीलाई मंगलटारमा रोकिएको सडक विभागले जनाएको छ।
पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रामा नजानका आग्रह गरिएको हो।
कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भूभागका केही स्थान तथा मधेश प्रदेशलगायत लुम्बिनीका तराई भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
देशका अधिकांश स्थानमा भारी र अति भारी वर्षा हुन सक्ने प्रक्षेपणसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझदेखि काठमाडौँका जोखिमयुक्त स्थानहरूमा 'पट्रोलिङ' र 'माइकिङ' गरेको छ।
महोत्तरीमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
गलकोटको हटिया बजारबाट ताराखोला जाँदै गरेको पिकअप भ्यान सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो।
केन्द्रमा स्वास्थ्य संस्थाहरूबाट संकलन हुने जोखिमयुक्त फोहोरलाई ल्याई ‘अटो क्लेभ’ मेसिनमार्फत उच्च तापक्रम र चाप (प्रेसर)मा राखेर जीवाणु नष्ट गर्ने प्रक्रिया अपनाइन्छ।
गृह मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले केही दिन भारी वर्षा, पहिरो र हिमपातको जोखिम रहेको भन्दै अत्यावश्यक नपरी लामो/रात्रिकालीन यात्रा नगर्न, नागढुंगा-मुग्लिनलगायतका सडकमा सावधानी अपनाउन आग्रह गरेका छन्।
कारागार कार्यायल नवलपरासीले भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन वा आश्रय नदिन अनुरोध गरेको छ।
जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्काल रोकिएका छन्। यो घटना युरोपका विमानस्थलहरूमा दोहोरिँदै आएको उड्डयन अवरोधको पछिल्लो शृंखला हो।
विभागले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
पुनर्बसोबासमा नपरेका करिब ६ हजार ५०० भूटानी शरणार्थीमाझ यसपटक पनि बडादशैँ आएको छ। तर विजय र उत्सवको चाडभन्दा बढी उनीहरू अन्योल, निराशा र अनिश्चित भविष्यसँगै बाँचेका छन्।
मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्युनचापीय प्रणालीका कारण शुक्रबार अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको विभागले जनाएको छ।
टी२० विश्वकप छनोट अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदै छ। नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ।