AnonymousUser

Logout

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता: युद्ध रोकेर शान्ति स्थापना गर्न आग्रह

ह्वाइट हाउसमा भएको वार्ताका क्रममा रुस–युक्रेन युद्धका बारेमा कुराकानी भएको थियो। सो क्रममा ट्रम्पले युक्रेन र रुसलाई हालको सीमा रेखामा युद्ध रोक्न आग्रह गरेका छन्।

चितवनमा ७ वटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते

घाइतेमध्ये १३ जनाको नेसनल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ।

दीपेन्द्रराज तिम्सिनाको पुस्तक ‘नेपालको बैङ्‍‍किङ इतिहास’ बजारमा

बैंक र बैंकिङसँग सम्बन्धित विभिन्न ५१  विषय समेटेर लेखिएको पुस्तक २७२ पेजकाे रहेको छ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।

अपराजित रहँदै नेपालले जित्यो विश्वकप छनोटको उपाधि

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।

तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता

विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन महसुल बक्यौता रहेका पाँच उद्योगले शुक्रबारदेखि बक्यौता रकम तिर्न थालेका छन्।

सचिव दुवाडीलाई उपत्यका छाड्न अनुमति, विदेश भ्रमणमा रोक यथावत्

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ उपत्यका छाड्न अनुमति दिए पनि विदेश भ्रमणमा लगाएको रोक भने यथावत् राखेको छ।

भाैतिक सुरक्षाभन्दा मानवीय सुरक्षा महत्त्वपूर्ण : सेना

गत भदाै २४ मा सिंहदरबार जल्दा किन रोक्न नसकेको भन्ने प्रश्नको जवाफमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुप जंग थापाले मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्त्वपूर्ण भएको बताए।

कूटनीतिक नियोगलाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’ : तय मितिमा निर्वाचन गराउनु सरकारको एक मात्र उद्देश्य

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको हिंसाका कारण र तथ्य पत्ता लगाउन स्पष्ट अधिकारसहितको न्यायिक छानबिन आयोग गठन गरिएको जानकारी दिइन्। साथै, उच्चस्तरीय भ्रष्टाचारका आरोपमाथि विश्वसनीय र निष्पक्ष छानबिन आरम्भ गर्न लागेको पनि बताइन्।

साप्ताहिक ब्रिफिङः सामाजिक सञ्जालमा बदलिएका बालेन, नेता जोडिएका फाइल खोतल्दै सीआईबी

यो साता उकालोमा मध्यरात दरबारमार्गको त्यो भेलाः जंगीअड्डा हुँदै सिंहदरबार पुग्दा यसरी थपिँदै गए जेन–जी समूह, दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीकै अरुचि, थला पर्‍यो न्यायालय: न मुद्दाका मिसिल, न इजलास बस्ने ठाउँलगायतका समाचार चर्चामा रहे।

त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँ लाग्ने

मन्त्री घिसिङले पहिलो चरणको निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखेर बजेट अभाव हुन नदिने गरी विस्तारको दोस्रो चरण अगाडि बढाइने जानकारी दिए।

विश्वका ९० करोड गरिब मानिस जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा

विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकाले स्थिति अझ जटिल बन्न सक्छ र हालका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा बढी मारमा पर्न सक्छन्।

हिउँ पन्छाएर १२ दिनपछि सञ्चालनमा आयो न्यालु सडकखण्ड

सडकमा करिब चार फिटसम्म जमेको हिउँ तीन दिनको प्रयासपछि पन्छ्याइएको र त्यसपछि यातायात सहज बनेको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले जानकारी दिए।

जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

दोस्रो विश्वयुद्धमा जापानले एशियाली देशमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण मुरयामा विशेष रूपमा चिनिएका थिए।

तोलामा ७ हजार १०० रुपैयाँले बढ्यो सुन

शुक्रबार सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

४३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट

अधिकांश स्थानीय तहमा राजनीतिक सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको पाइएको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

ईयूमा १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

युरोपेली सांसदहरूले अवाञ्छित अनलाइन सामग्रीबाट बालबालिकालाई जोगाउन अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल र एआईमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन्।

जेनजी आन्दोलन: प्रहरी जवानको हत्या आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ।

१० मिलियन अमेरिकी डलर अनुदान स्वीकार

सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा रहेको मल्टी ट्रस्ट फन्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।