हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ।
यो साता उकालोमा, ‘मारवाडी समुदायप्रति फैलाइएको अफवाह, परिणाम– भौतिक आक्रमण’, ‘राज्यकोषबाट १ अर्ब खर्च गरेपछि अलपत्र बनाइएका खानेपानी आयोजना’, ‘अस्पतालमा आन्दोलनका घाइते छट्पटाइरहँदा थिएनन् सर्जन’लगायतका समाचार चर्चामा रहे।
अध्यागमन विभागले भिसासम्बन्धी ६ बुँदे प्रावधान खारेज गरी मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ।
मर्स्याङ्दी गाउँपालिका-४ स्थित अक्टोपस झरनामा पानीको बहाव बढेको तथा जगत नजिकका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा खसिरहेकाले बेँसीसहर-चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मोन्था चक्रवातको असर अहिले मधेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
पानी निरन्तर परिरहेकाले अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ।
आवास संकटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त शहर निर्माणमा विश्वस्तरीय सहकार्य प्रवर्द्धनका लागि दिवस मनाउने गरिएको छ।
भारतको जितमा जेमिमा रोड्रिग्स १२७ रनमा अविजित रहिन्। कप्तान हरमनप्रीत कौरले ८९ रन बनाइन्।
कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना छ।
हिमाली जिल्ला मुस्ताङमा निरन्तरको वर्षाले जनजीवन प्रभावित बनेको छ।
जापान सरकारले बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मतका लागि २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ।
मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर पुगेका एक इटालियन नागरिक प्रतिकूल मौसम र हिमपातका कारण अलपत्र परेका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारको खेलमा नेपाल घरेलु टोली यूएईसँग ५ विकेटले पराजित भएको छ।
पेरेजका पति शिकार खेल्न जंगलतिर थिए, घरमा उनी एक्लै। प्रसव पीडा असह्य भएपछि रक्सीको केही घुट पिइन् र भान्छाबाट चक्कु उठाइन्।
फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा यसै महिनाको चर्चित गहना चोरीमा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ।
निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिम उच्च हुनसक्ने भन्दै बिहीबार र शुक्रबार राति बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ।
बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को विन्दुमा उक्लिएर बन्द भएको छ।
भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु भएको छ।
निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ।