जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा, सात जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारका लागि धनगढी 'रेफर' गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निजी अस्पतालहरूले क्षमताअनुसार हाललाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गरेर पूर्ण सरकारी सरहको तलब पुर्याउने सहमति भएको छ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी थिइन्।
एमालेको सचिवालय बैठकले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११औँ महाधिवेशनको स्थल परिवर्तन गरी काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।
काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
धान भित्र्याउने र नयाँ बाली लगाउने समयमा परेको बेमौसमी वर्षाले रुपन्देहीको मर्चवार क्षेत्रका किसानलाई थप चिन्तित बनाएको छ।
दक्षिणी भारतको आन्ध्र प्रदेशको कासीबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन गोलाखर्क भन्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन्।
दुर्घटनामा घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।
दिउँसो कोशी, मधेश र बागमतीमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।
जोमसोम–कागबेनी र कागबेनी-छुसाङ खण्डका आधा दर्जन बढी स्थानमा बाढीपहिरोले सडक तथा अन्य संरचनामा क्षति पुगेकाले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
खडेरीका कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका करिब ७० प्रतिशत गाईबस्तु मरेपछि स्थानीय पशुपालकमा कुपोषणको समस्या देखियो। यसको समाधानका लागि सम्बुरु काउन्टीका अधिकारीले उँटपालन कार्यक्रम थालेका हुन्।
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएका छन्।
आयोगको सिफारिसको वैधताका सम्बन्धमा अन्तिम सुनुवाइ र निरूपण हुँदा बोलिने विषय भएकाले तत्काल अन्तरिम आदेश जारी गरिरहनु नपर्ने इजलासले निर्णय गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, पक्राउ परेकाहरूको साथबाट सिएफ ९८–९ पेस्तोल एक थान, एक थान म्याग्जिन र १५ थान गोली बरामद गरिएको छ।
त्रिविले अध्ययन बिदा लिएपश्चात् त्रिविमा फर्की सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको शर्त उल्लंघन गरेको देखिएको बताएको छ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ।