ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।
छलफलमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता रहेको थियो।
संसद्को दुवै सदनबाट बहुमत पाएपछि एलडीपी नेतृ सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री भएकी छन्। उनले मंगलबार साँझ सपथ लिने छिन्।
घरेलु मैदानमा टेस्ट क्रिकेट खेलिरहँदा सोमबार मोहम्मद रिजवानलाई ओडीआई कप्तानबाट हटाउने निर्णय पीसीबीले गरेको थियो।
नेपाली सेनाको सहयोगमा सोमबार साँझ कञ्चनपुर पुर्याएर परिवारलाई विपिन जोशीको शव जिम्मा लगाइएको थियो। शव जिम्मा लगाउन इजरायली दूतावासका अधिकारी पनि कञ्चनपुर पुगेका थिए।
नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले सहभागिता जनाएका थिए।
यहाँका घर, टोल र मठमन्दिर झिलिमिली बत्तीले सजिएसँगै नजिकका डाँडाहरूबाट उपत्यका मनमोहक देखिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्चपदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
दीपावली पर्वका अवसरमा भएको आतसबाजीले दिल्लीमा थप प्रदूषण वृद्धि गरेको जनाइएको छ।
कार्यक्रममा विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान पनि गरिएको छ।
लिभरपुल इंग्लिश प्रिमियर लिगमा लगातार तीन खेलमा पराजित भएपछि अंक तालिकाको चौँथो स्थानमा खस्केको छ। च्याम्पियन्स लिगमा समेत गरी लिभरपुल लगातार चार खेलमा पराजित भएको छ।
तिहारमा अन्य साधनका यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।
हाल उपत्यकाका ६०–७० स्थानमा मापसे चेकिङ भइरहेको छ। चाडपर्वका बेला मापसे गरेर सवारी चलाउँदा हुने जोखिम कम गर्न विशेष चेक प्वाइन्ट खडा गरी जाँच पनि गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नक्खु कारागारबाट जेनजी आन्दोलनको मौका छोपी फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
गृहको सीडीओहरूलाई निर्देशन
मन्त्रालयले दीर्घकालमा असर पार्ने सुरक्षा चुनौती सतहमा आउनुपूर्व नै पहिचान एवं विश्लेषण गर्दै त्यसका लागि सूचना संकलन, विश्लेषण र उपयोगलाई समन्वयात्मक रूपमा प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ।
काठमाडौँ प्रहरीले प्रहरीमाथि आक्रमण, सार्वजनिक सम्पत्तिमा आगजनी र हतियार लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी घाइते भएका १२ जनाको पहिचान खुलेको छ।
नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुले हवाई टिकटमा छुट पाउने व्यवस्था गरेको छ।
अमेरिका सबै राज्यका विभिन्न शहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका छन्।