AnonymousUser

Logout

श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको संख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

डीएमसीले हालैको चक्रवातबाट निम्तिएको मौसमी विपद्का कारण मृत्यु हुनेको संख्या ४७९ पुगेको जनाएको छ।

पोखरालाई १३ रनले पराजित गर्दै काठमाडौँ‍ प्लेअफमा

पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमाडौँ गोर्खाज ७ खेलबाट १० अंकसहित प्लेअफमा पुगेको छ।

निरन्तर घट्दै अलैँचीको मूल्य

मंसिरदेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ।

मलामी गएका युवक महाकालीमा बेपत्ता

महाकाली नदीको घाटमा मलामी गएका एक युवक चिता बनाउने क्रममा चिप्लेर नदीमा बेपत्ता भएका छन्।

महिला टी२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण गर्नेछ। बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ।

शान्ति प्रस्तावमा रुस सकारात्मक रहेको ट्रम्पको दाबी

बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए।

हिउँदको मौसमः वर्षा कम, अधिकतम र न्यूनतम तापक्रम बढी हुने

देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दोलखा र जुम्लाको तापक्रम माइनसमा

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ।

एनपीएल: लुम्बिनीको तेस्रो जित

यो जितसँगै छ अंक जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ।

वैदेशिक रोजगारीका नाममा करोडाैँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगिएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गरेका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

उनले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भनेकामा आफ्नो मन्तव्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २,६३१.१७ को बिन्दुमा कायम भएको हो।

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको र चलिरहेको अनुसन्धानका क्रममा शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

उडानका क्रममा बेपत्ता मलेसियाली विमानको खोजी पुनः शुरू हुने

मलेसियाले ११ वर्षअघि उडानका क्रममा सम्पर्कविहीन भएको आफ्नो जहाजको एकपटक फेरि खोजी कार्य शुरू गर्ने भएको छ। उक्त जहाजमा २२७ यात्रु र १२ चालक दलका सदस्य थिए।

नेपाली सेनाका रथी श्रेष्ठ शान्ति मिसनको फोर्स कमान्डर नियुक्त

सुडानमा रहेको यो मिसनको फोर्स कमान्डर यसअघि सुडानका उपरथी रोबर्ट याव अफ्राम थिए। फोर्स कमान्डरका लागि सैनिक अधिकृतहरूलाई विश्वव्यापी रूपमा खुल्ला प्रतिस्पर्धा गराइन्छ।

रुसमा मूल्यवृद्धि ६ प्रतिशतमा झर्ने अनुमान

रुसको कुल घरेलु उत्पादन यस वर्षको पहिलो नौ महिनामा एक प्रतिशतले बढेको छ।

भ्यालेन्सिया म्याराथनमा भाग लिन सन्तोषी श्रेष्ठ स्पेन प्रस्थान

धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई भ्यालेन्सिया म्याराथनका लागि छनोट गरिएको हो।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

बेमौसमी वर्षाले कृषि उत्पादन घट्ने, साढे तीन अर्बभन्दा बढीको क्षति

कृषि मन्त्रालयमा बुझाइएको प्रतिवेदनअनुसार, बेमौसमी वर्षाबाट प्रभावित पाँच वटा प्रदेशमा विशेषगरी धान, उखु, तरकारी र फलफूलको उत्पादनमा करिब एक लाख २७ हजार ३८३ मेट्रिक टन उत्पादन घट्ने देखिन्छ।