AnonymousUser

Logout

डिजेल/मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ।

हङकङ आगलागीमा मृतकको संख्या १४६ पुग्यो

आइतबार ‘ताइ पो’ क्षेत्रमा रहेको उक्त आवास क्षेत्रमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न एक हजारभन्दा बढी नागरिक शान्तिपूर्वक भेला भएका थिए।

मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पुरानो पेस्की फर्स्योट नभए पनि नियमविपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ।

कर्णालीविरुद्ध काठमाडौँ ५ विकेटले विजयी

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

नेपालले बाढी प्रभावित श्रीलंकालाई २ लाख अमेरिकी डलर सहयोग गर्ने

नेपालले विनाशकारी बाढीबाट प्रभावित श्रीलंकालाई राहत र पुनर्स्थापनाका लागि दुई लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

कामबाट निकालिएको रिसमा हत्या, २ जना पक्राउ

प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण पुरानो रिसइबी र कामबाट निकालिएको रिस रहेको खुलेको छ।

एसीसी यू१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र यूएई भिड्दै

एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच प्रतिस्पर्धा हुने भएको छ।

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता

सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्विकार्दै निष्ठा र मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिकको प्रवर्द्धनमा उज्ज्वल थापा एवं विवेकशील अभियानको योगदानलाई दस्ताबेजीकरण गरी मान्यता दिने उल्लेख छ।

नेप्से परिसूचक २६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

आइतबार नेप्से परिसूचक २६.५१ अंकले घटेर २,६४९.५२ को विन्दुमा कायम भएको छ भने कारोबार रकम सात अर्ब रुपैयाँ नाघेको छ।

‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्दै गोरखापत्र संस्थान

गोरखापत्र संस्थानले एकेडेमीमार्फत पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक अध्ययन, अनुसन्धान, तालिम तथा पुस्तक र जर्नल प्रकाशनलगायतका गतिविधि सञ्चालन गर्ने जनाएको छ।

काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमाडौँ प्रशासनले जेनजी आन्दोलनका घाइतेहरूलाई चार समूहमा वर्गीकरण गरेको छ, जसमध्ये अति गम्भीर १५, गम्भीर ५१, मध्यम ३६ र सामान्य ६७ जना रहेका छन्।

प्रधानमन्त्रीको रोहबरमा एनआरएनएबीच एकताको घोषणा

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

वार्ताले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने महत्त्वपूर्ण छलफलका लागि आधार तय गर्ने जनाइएको छ।

प्रवासी मताधिकार

‘प्रवासबाट मतदान गर्न कम्तीमा ४-५ वर्षको तयारी हुनुपर्थ्यो’

‘अहिले हामीलाई सजिलो छ, किनभने ‘जनताले गतिलो मान्छेलाई भोट दिएनन्, त्यसैले नेपालमा नियम कानून बनेन’ भन्न पाएका छौँ। भोट हाल्न पाए हामी पनि टेस्टेड हुन्थ्यौँ। कति सुझबुझ पुर्‍यायौँ भन्ने देखिन्थ्यो।’

सिन्धुलीमा सवारी दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दीपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ।

देशका अधिकांश भागमा आंशिक बदली हुने

महाशाखाका अनुसार आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रहेको थियो।

एनपीएलमा कर्णालीलाई काठमाडौँको चुनौती

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चारमध्ये एक खेल मात्र जितेको छ। कर्णाली दुई अंकका साथ छैटौँ स्थानमा छ।

आगलागीका घटनामा वृद्धि, सचेत रहन प्राधिकरणको आग्रह

सुक्खा मौसम शुरू भए लगत्तै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

एयरबस ए–३२० मा सफ्टवेयर गडबडी, विश्वभर उडान प्रभावित

एयर इन्डिया, एभियाङ्का, फिलिपिन्स एयरलाइन्स तथा सेबु प्यासिफिकलगायत क्यारियरहरूले समेत उडान डिले, रद्द र पुनः बुकिङका जानकारी क्रमशः सार्वजनिक गरिरहेका छन्। फिलिपिन्समा मात्र शनिबार ४० भन्दा बढी घरेलु उडान रद्द गरिएको थियो।

बैरागी काइँलालाई पहिचान सम्मान, गणेश राईलाई पहिचान युवा सम्मान

पहिचान पुरस्कार कोषले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पहिचान सम्मान र गणेशकुमार राई (गीलुरातोस)लाई पहिचान युवा सम्मान प्रदान गर्ने निर्णय गरेको छ।