सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको छ, यता पोखराले भने अर्को पराजय बेहोरेको छ।
पहिलो चरणमा ५२० थान लाइसेन्स हस्तान्तरण गरिएको छ। दोस्रो चरणका लागि करिब एक हजार २०० आवेदकको तथ्यांक प्राप्त भएको र छपाइ कार्य निरन्तर भइरहेको केन्द्रले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएअनुसार भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाटका घटनाबारे सरकारी निकायबाट २३ र निजीतर्फबाट आठ गरी ३१ वटा जाहेरी परेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, सरकारले अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ।
कुमारी छेँ (घर)बाट चोरी भएको तोरणलाई पुनर्स्थापना गरिएसँगै अबका दिनमा समुदाय र स्थानीय निकायको समन्वयमा सम्पदाको संरक्षण हुने प्रतिबद्धता जनप्रतिनिधि तथा सम्पदा अभियन्ताले व्यक्त गरेका छन्।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि सिमराको जनजीवन सामान्य बन्दै गएको छ।
‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार प्रकारमा छुट्याएर वर्गीकरण गर्ने प्रक्रिया थालिएको छ।
द्वन्द्वपीडितका सरोकार तथा उनीहरूमाथि भएको अन्यायको निरूपण, न्याय सुनिश्चितता, परिपूरण तथा संस्थागत सुधार गर्नेतर्फ ठोस प्रगति हुन नसक्दा यो प्रक्रिया दिनप्रतिदिन गिजोलिँदै गएको इन्सेकले जनाएको छ।
यो साता उकालोमा, ‘कृषिका नाममा अराजकताः सरकारी अनुदान कुम्ल्याउने’, ‘राजनीतिक ‘कनेक्सन’ भएका हेमराज बडाल किन छुटे धरौटीमा?’, ‘के हो डेडिकेटेड र ट्रंकलाइन महसुलको ७ वर्ष लामो विवाद?’ लगायतका समाचार चर्चामा रहे।
सम्झौताको म्याद सकिन अब तीन हप्ता मात्र बाँकी रहँदा साँगा–धुलिखेल सडक विस्तारको ४० प्रतिशत काम अझै अधुरो छ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बस मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको छ।
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
दुर्घटनामा घाइतेमध्ये २ जना अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि धरान लगिएको छ। बाँकीको धनकुटामै उपचार भइरहेको छ।
सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा पोखरा पहिलो जितको खोजीमा हुनेछ। पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको थियो।
दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुन्नुको आधार र कारणसहित २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ।
सरकारी पक्ष र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयबीच भएको वार्तापछि स्वास्थ्य, शिक्षा, रोजगारी, भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राखेर विभिन्न ११ बुँदे सहमति भएको छ।
लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।
छानबिन समिति संयोजक पूर्वसचिव गेलालले अध्ययन प्रतिवेदनले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा भएका गोप्य बोलपत्र मूल्यांकनलाई प्रभावित नहुने बताए।