शहरी क्षेत्रमा कम्तीमा ५ प्रतिशत हरियाली पार्कसहतिको खुला ठाउँ हुनुपर्ने उपत्यका विकास प्राधिकरणको नीति छ।
कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
हङकङको वाङ फुक कोर्टमा भएको आगलागीको घटनामा लापरबाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।
ठगी तथा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवीप्रकाश भट्टचन, प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासहित सात जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रदेशसभाबाट २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ।
सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी गर्ने फैसला सुनाएको छ।
नेपाललाई २७ रनले पराजित गर्दै आयोजक यूएईले एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ।
उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरेको छ।
कांग्रेसले १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २,६४५.२४ को विन्दुमा कायम भएको छ भने कारोबार रकम चार अर्ब ७१ करोड रुपैयाँमा सीमित रह्यो।
चित्रकला प्रदर्शनमा नेपालसहित भारत, बांग्लादेश, घाना, बेलायत, अमेरिका, जापान, रुस, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना प्रस्तुत गरिएका छन्।
भ्रष्टाचार मुद्दामा ढाकाको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई पाँच वर्ष र उनकी बहिनी शेख रेहानालाई सात वर्ष र उनी छोरी ट्युलिप सिद्दिकलाई दुई वर्षको जेल सजाय सुनाएको छ।
पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।
राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहूले गरेको 'असाधारण अनुरोध'लाई विचार गर्नुअघि कानूनिविद्हरूको राय लिने बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जनाएको छ।
यूएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाली टोली आयोजक यूएईसँग भिड्दैछ।
'जेनजी' आन्दोलनका क्रममा काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर पैसा चोरी, आगजनी तथा तोडफोड गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुनका लागि १२० दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।