हसिना सरकारको पतनपछि बांग्लादेशमा भारतप्रति आक्रोशको भावना रहेको छ। यसले बांग्लादेशसँग सम्बन्ध विकास गर्न भारतको लागि चुनौती खडा गरेको छ। यहीबेला हसिनालाई भारतले सुपुर्दगी गर्छ/गर्दैन हेर्न बाँकी छ।
करिब चार वर्षदेखि जारी युद्ध रोक्न अमेरिकाद्वारा प्रस्तावित २८ बुँदे योजनाले किएभ र युरोपेली राजधानीमा तीव्र चिन्ता जगाएको छ।
दिउँसो पनि कोशी र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
शनिबार राति भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको मोटरसाइकलले सडकको छेउमा रोकेर राखेको ट्याक्टरलाई ठक्कर दिएको थियो।
सशस्त्र प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिनका साथै १३ राउन्ड गोलीसमेत बरामद गरेको छ।
विराटनगर किङ्सले काठमाडौँ गोर्खाजलाई ५ विकेटले पराजित गर्दै एनपीएलमामा लगातार दोस्रो जित हात पारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामाथि युक्रेनको प्रतिक्रिया प्राप्त गर्नका लागि नोभेम्बर २७ सम्मको समयसीमा तोकेका छन्।
नाइजेरियामा क्षेत्रीय असुरक्षा बढेपछि कात्सिना र पठार राज्यका अधिकारीहरूले सबै विद्यालय अस्थायी रूपमा बन्द गर्न आदेश दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन दुवैमा भाग लिने औपचारिक निर्णय गरेको हो।
भोजपुर अस्पताल भौतिक रूपमा सुविधासम्पन्न भए पनि जनशक्ति अभावका कारण समय र पैसा खर्च गरी धरान, विराटनगर, काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन।
र्यालीका कारण सवारी सञ्चालनमा समस्या भएपछि प्रदर्शनीमार्ग हुँदै चल्ने सवारीसाधनलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
स्कटल्यान्डका मार्क वाटको आक्रामक ब्याटिङको सहयोगमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स नौ विकेटले विजयी भएको छ।
प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घर डुबानमा परेका छन्। अन्य ९४६ घर क्षतिग्रस्त भएका छन्।
खड्काले २ घण्टा १५ मिनेट ८ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गर्दै उपाधि जितेका हुन्। उनी गत संस्करणका पनि च्याम्पियन हुन्।
कुमारी घरबाट चोरी भएको तोरण २६ वर्षपछि कुमारी घरमै पुनर्स्थापना गरिएको छ। अब यसको संरक्षण समुदाय र स्थानीय निकायको समन्वयमा हुनेछ।
अमेरिकी पक्षले तयार पारेको नयाँ शान्ति प्रस्ताव अहिले युक्रेनले अध्ययन गरिरहेको छ। प्रस्ताव अझै विकासकै क्रममा छ र छलफल बढेसँगै धेरै बुँदामा परिवर्तन हुने अपेक्षा गरिएको छ।
सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ जाँदै गरेका र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन रोकिएका छन्।
बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दिउँसो ३ः३० बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।
भारतीय आतंकवादविरोधी दस्ताले ‘आपराधिक षड्यन्त्र’मा संलग्न रहेको आरोपमा बिहीबार राति द काश्मीर टाइम्सको कार्यालयमा छापा मारेको छ।