AnonymousUser

Logout

ज्येष्ठ नागरिक दिवस मनाइँदै

नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ।

तराईका अधिकांश स्थानमा हुस्सु

कोशी, मधेश र बागमतीका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराईमा मध्यान्हसम्म कुहिरोसमेत लाग्ने सम्भावना छ।

सिन्धुलीको धुराबजार क्षेत्रमा कर्फ्यु जारी

पुस ६ गतेको घटनालाई लिएर स्थानीयले बिहीबार ढुंगामुढा प्रहार, हुलदंगा र अवाञ्छित गतिविधि गरेपछि जिल्लाको शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखिएको भन्दै प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ।

म्यानमारमा अन्तिम चरणको मतदान जनवरी २५ मा हुने तय

सत्तापलटपछि आङ सान सुकी जेलमा छिन् भने उनको दल एनएलडी विघटित अवस्थामा छ। संयुक्त राष्ट्रसंघले चुनावअघि विपक्षीमाथि सेनाले गरेको चरम दमनको आलोचना गरेको छ।

२५ वर्षपछि खुल्यो सुन्धाराको निकास, प्राचीन स्वरूपमै पुनरुत्थान गर्ने वडाको योजना

२५ वर्षदेखि अवरुद्ध जयबागेश्वरी मन्दिरसँगैको सुन्धाराको निकास खोल्दै काठमाडौँ महानगर–८ ले यसको प्राचीन स्वरूप र मौलिकतालाई पुनर्स्थापित गर्ने तयारी गरेको छ।

ज्याला उठाउनै मुस्किल परेपछि गलैँचा बुन्न छाड्दै धादिङका महिला

आफूले बुनेको एउटै गलैँचा विदेशमा २० देखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुने सुने पनि वास्तविक ज्याला भने सोचेभन्दा निकै कम पाएको नीलकण्ठ नगरपालिका–८, रामकोटकी लक्ष्मी श्रेष्ठले गुनासो गरिन्।

राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि काठमाडौँमा

आगामी पुस २३ देखि २६ गतेसम्म नवौँ संस्करणको 'एनभीए' राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

बांग्लादेश: १७ वर्षपछि तारिक रहमान स्वदेश फिर्ता, अवामी लिग चुनावबाहिर

अन्तरिम सरकारका प्रेस सचिव शफीकुल आलमले तारिक रहमानको स्वदेश फिर्तीलाई सकारात्मक रूपमा लिँदै बीएनपीसँगको समन्वयमा सुरक्षा व्यवस्था सुदृढ गरिएको जानकारी दिए।

नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको वरीयतामा

मंगले तामाङ ६५–६९ वर्ष उमेर समूहअन्तर्गत विश्व वरीयताको २६७८ नम्बरमा सूचीकृत भएका छन्।

त्रिविको दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दीक्षित

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी  ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन्।

पोखरा-जोमसोम उडान ३ महिनाका लागि स्थगित

हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा-जोमसोम उडान प्रभावित हुने गरेको छ।

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिताको मस्यौदा

आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन्। यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ।

प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

संसद् पुनःस्थापनाको माग गर्दै यसअघि दायर १७ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, सभामुख लगायतबाट लिखित जवाफ आइसकेको छ।

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ।

दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित

त्यहाँको राष्ट्रियसभाले झुटा वा बनावटी जानकारी प्रकाशित गरेको आरोपमा परम्परागत समाचार माध्यम र इन्टरनेट मिडियामाथि कडा दण्डात्मक क्षतिपूर्ति लगाउन अनुमति दिने विधेयक पारित गरेको हो।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

आज नेप्से परिसूचक १.३७ अंकले बढेर दुई हजार ५८५.८७ को बिन्दुमा कायम भएको हो।

टर्कीएमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार निजी जेट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो।

सुनचाँदीको मूल्यमा दिनहुँ नयाँ रेकर्ड

बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनभन्दा ९०० रुपैयाँ बढी हो।

धुलिखेल–खावा सडकमा धमाधम काम [तस्वीरहरू]

दैनिक १०० जनाभन्दा बढी मजदुरले काम गरिरहेका छन्। १४ महिनाको ठेक्का समय रहेको छ। तर समयअघि नै सक्ने लक्ष्य छ।

मेची भन्सारबाट ५ महिनामा भित्रियो करिब ८ अर्बको पेट्रोलियम पदार्थ

चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट मेची भन्सारले ३ अर्ब ८० करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।