पूर्वाधार र प्रचारप्रसारकाे अभावमा बागलुङको ताराखोला गाउँपालिका–३ स्थित ‘खिउ बराह ताल’ ओझेलमा परेकाे छ। तालबाट दर्जन बढी हिमश्रृखला देख्न सकिन्छ।
नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतिताेला एक लाख र तेजाबी सुन ९९ हजार ५०० मा काराेबार भइरहेकाे छ।
चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीत प्रीति कार्की युटयुब च्यानलमा सार्वजनिक भएको हो।
विराटनगर महानगरपालिकाले डुबानकाे दीर्घकालीन समाधान खाेज्न एसियाली विकास बैंकसँग सहकार्य गरेर सम्भाव्यता अध्ययन थालेकाे छ।
राष्ट्रिय भूमि आयोगले जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणका लागि दोस्रो पटक लगत संकलन गर्न लागेको सूचनामा उल्लेख छ।
जाजरकोटको छेडागाड नगरपालिका–४ भल्कुवाबाट विवाहका पाहुना लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा एकै वडाका आठसहित १२ जनाको मृत्यु भएको छ।
कतारमा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा मंगलबार अर्जेन्टिना र क्रोएसिया भिड्दै छन्। यी टाेली हालसम्म पाँचपटक आमुन्नेसामुन्ने भएकामा दुवैले दुई–दुई खेल जितेका छन्। एक खेल बराबरी भएकाे छ।
पहिलोपटक संसद् पुगेका दुई साना दल जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने दौडधुप शुरू गरेपछि ती दलकै मागबमोजिम सरकारले दण्डहीनतालाई प्रश्रय दिने गरी अध्यादेश ल्याउन राष्ट्रपति समक्ष पठाएको छ।
आसमको तेजपुरस्थित डिफेन्स पीआरओले ९ डिसेम्बरका दिन पीएलएका सैनिक अरुणाचल प्रदेशको तवांग क्षेत्रमा घुसेपछि झडप भएको बताएका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै पक्षहरू संयमित भई शान्तिपूर्ण ढंगले वार्ता प्रयास गर्न र यो अवस्थालाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन्।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत बदर भएको छ।
नृत्य
युवामाझ लोकप्रिय झ्याउरे नृत्य गुरुङ समुदायमा प्रचलित छ। तस्वीरमा, गोरखामा आयोजित एक कार्यक्रममा गुरुङ समुदायका सदस्य परम्परागत नृत्य प्रस्तुत गर्दै। तस्वीरः अमित मचामसि/उकालो
मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने उद्देश्यका साथ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताएका छन्।
कानुनको अभावमा तत्काल ठूलो समस्या हुने भयो भने अध्यादेश ल्याउने हो। अहिले सरकार बनाउन र टिकाउन अध्यादेश ल्याएको सन्देश गइरहेको छ।
दक्षिण अमेरिकी फुटबल प्रमुख एलेजान्ड्रो डोमिङ्गुएजले सन् २०३० को विश्वकप आयोजनाको अधिकार आफूहरूलाई दिनुपर्ने बताएका छन्।
सोमबार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको छ।
मेलम्चीको खानेपानी पठाएको पाइप फुट्दा खानी तथा भूगर्भ विभागको कार्यालयबाहिर मुख्य सडक भत्किएको छ।
यमनमा युद्ध शुरु भएयता १ लाख ५० हजार नागरिक मृत्यु भइसकेको र २ करोड ३४ लाख मानिसले मानवीय संकट बेहोरिरहेको राष्ट्रसंघको तथ्यांक छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीसहितका नेता-कार्यकर्तालाई रिहा गर्ने योजनाका साथ मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो।
महामन्त्री थापाले विगतमा नेपाली कांग्रेसले 'पटक-पटक अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो' भनेर निर्णय गरिसकेको उल्लेख गर्दै सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताएका छन्।