AnonymousUser

Logout

चीनले ताइवानमाथि आक्रमण गर्न आधार तयार पार्दैछ : ताइवानी विदेशमन्त्री

चिनियाँ कम्युनिष्ट पार्टीभित्रका केही गुटका कारण पछिल्लो समय ताइवान–चीनबीच सञ्चार कठिन बनेको ताइवानी विदेशमन्त्री जोसेप वुले बताएका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्न खोजेको बताए।

नेपालगन्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने प्रसारण लाइन बनाउँदै प्राधिकरण

नेपालगन्ज र त्यस वरपर भइरहेको शहरीकरणको विद्युतीय भार धान्न विद्युत प्राधिकरणले आगामी २८ वर्षसम्मका लागि संरचना निर्माण थालेको छ।

काठमाडौँ महानगरका जनप्रतिनिधि ६-१ ले पराजित

महानगर दिवसका अवसरमा काठमाडौँ महानगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल भएको छ। खेल कर्मचारीको टिमले ६-१ ले जित्यो।

धनुषामा धारिलो हरियार प्रहार गरी एक जनाको हत्या

धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुर बस्ने २७ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

निर्वाचन आचारसंहिता सोमबारबाट निष्क्रिय

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनका लागि लागू गरेको निर्वाचन आचारसंहिता सोमबारबाट निष्क्रिय गरेको छ।

‘ए’ डिभिजन लिग अन्योलमा

एन्फाले पुष २६ गतेबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरिसक्दा खेलमा सहभागी हुने टिमहरू भने दर्ता भएका छैनन्।

रेशम चौधरीलाई ‘आममाफी’ दिन अध्यादेश ल्याउने सरकारको निर्णय, विप्लव र सीके राउतको पार्टी पनि लाभान्वित हुने

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक प्रकृतिका विभिन्न मुद्दा हल गर्ने भन्दै अध्यादेशमार्फत् मुलुकी फौजदारी संहिताको प्रावधान संशोधन गर्ने निर्णय गरेको छ।

दलहरूले सोमबारसम्म समानुपातिकतर्फको बन्दसूची सच्याउन सक्ने

निर्वाचन आयोगले केही राजनीतिक दलले पठाएको समानुपातिक उम्मेदवारको विवरणमा त्रुटि देखिएकाले त्यसलाई सच्याउन सोमबारसम्मको समयसीमा दिएको हो।

ठगी र किर्ते गरेको आरोपमा ८ जना पक्राउ

राजस्वको कर्मचारी भएको भन्दै नयाँ बसपार्क क्षेत्रमा ठगी र किर्तेका संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रास्वपा केन्द्रीय सदस्य गणेश कार्की भन्छन्- विधि मिचेर महामन्त्री निकटलाई समानुपातिक सांसद बनाइयो

पार्टीभित्र हामीले ‘जान्नेलाई छान्ने’ भन्दै योग्यता अर्थात् मेरिटको आधारमा पठाउने नीति लिएका थियौँ। तर, योग्यता नै नहेरी महामन्त्री मुकुल ढकालका निकटहरूलाई छानिएकोमा मेरो असन्तुष्टि हो।

सर्वोच्चलाई संसद् महासचिवको जवाफ : जबरालाई पत्र लेख्नुको कारण इजलासमै पेश गर्छु

उनले निलम्बन निष्प्रभावी भएको पत्र चोलेन्द्र शमशेर जबरालाई दिनुको कारण आफूले ७ दिनभित्रमा संवैधानिक इजलासमै पेश गर्ने जवाफ सर्वोच्चलाई पठाएका हुन्।

नेप्सेमा गिरावट आउने क्रम जारी

आइतबार २५ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८० कम्पनीको सेयरमूल्य घटेको छ भने ३ स्थिर छन्।

पार्टीले चिन्दै नचिनेका व्यक्ति कसरी सांसद बने, नेतृत्वले जवाफ दिनुपर्छ : विन्दा पाण्डे

पार्टीले चिन्दै नचिनेका मानिसहरू सूचीमा परेर सांसद् बनेका छन्। अर्को पार्टीको अध्यक्ष पनि एमालेको सूचीबाट संघीय सांसद् हुने कुरा कुन विधि, विधान, पद्धति र प्रक्रियाबाट भयो?

ताेलाकाे एक लाख ५०० पुग्याे सुन

नेपाली सुनचाँदी बजारमा सुन प्रतिताेला एक लाख ५०० पुगेकाे छ। अन्तर्राष्ट्रिय बजारको कारोबार र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा मूल्य तोकिने गरेको छ।

बागमती सफाइको ५०० हप्ता पूरा : निकालियो २० हजार टन फोहर

नाै वर्षअघि शुरू भएकाे बागमती सफाइ महाअभियानमा हालसम्म १५ लाखले स्वयंसेवकका रूपमा फाेहाेर संकलन गरेका छन्। नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ।

कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्रका जवानको मृत्यु

चोभार गेट नजिक स्कुल बसले ठक्कर दिँदा माेटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान सुवाशचन्द्र रतालाकाे मृत्यु भएकाे छ।

समानुपातिक सांसदको सूची रुजु गर्दै आयोग, दलहरूले २ दिनभित्र सच्याउन सक्ने

समानुपातिक सांसदकाे सूची निर्वाचन आयोगले अध्ययन गरिरहेकाे छ। दलहरूले मंगलबारसम्म उक्त सूची सच्याउन सक्नेछन्। त्यसपछि आयोगले निर्वाचित भएकाे घाेषणा गर्नेछ।

जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते

जंगली हात्ती खेतमा पसेर धान खान थालेपछि खेदाउने क्रममा हात्तीले आक्रमण गर्दा झापाकाे हल्दीबारी वडा नम्बर ५ का चार जना किसान घाइते भएका छन्।

नियमित बन्दै

सुकुमबासी जीवन

थापाथलीस्थित सुकुमबासी बस्ती नियमित दैन्दिनीमा फर्किएको छ। काठमाडौँ महानगरले अवैध बस्ती भत्काउने निर्णय गरेपछि आन्दोलित बनेकाे बस्ती पुनः नियमित जीवनशैलीमा फर्किएको हो।

देशभरकाे तापक्रम घट्दै जाने, सावधानी अपनाउन आग्रह

जल तथा माैसम विज्ञान विभागले तीन दिन देशभरकाे माैसम सफा रहे पनि चिसाे बढ्ने तथा तराईमा बाक्लाे हुस्सु लाग्ने जनाएकाे छ।