राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यस वर्षको एसईई चैत १७ गतेदेखि २९ सम्म हुनेछ।
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीलाई रिहाइ नगरेसम्म सरकारमा सहभागी नहुने अडान लिएको छ।
भारतमा अभ्यास उडानमा रहेका दुई सैनिक विमान एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ।
महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाँदा देश नै ठूलो संकटमा पर्ने बताए।
रुस–युक्रेन युद्ध शुरू भएको एक वर्ष पुग्नै लाग्दा पनि रोकिने छाँटकाँट देखिँदैन। अमेरिका र युरोपियन देशको प्रतिबन्धले पनि रुस पछि हट्ने संकेत नदेखाएकाले युद्ध थप लम्बिने देखिएको छ।
अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान दुई घण्टापछि पुनः सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन्।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मुलुकमा देखा परेका समस्यालाई समाधान गर्न राजनीतिक दलहरू र त्यसको नेतृत्व समक्ष रहेको बताएका छन्।
सरकारले सञ्चालन गरेको डेटा सेन्टरमा नेपालबाट अत्यधिक ट्राफिक आउँदा सरकारी वेबसाइटमा समस्या आएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई तोकेकी छन्।
दुर्घटनास्थलको कठिन भौगोलिक अवस्था तथा जलेको शव टुक्रिएर छरिएकाले फेला पार्न नसकिएको नेपाली सेनाले जनाएको छ।
चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन्।
पहिलो चरणमा २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट विवरण संकलन गर्ने काठमाडौँ महानगरको योजना छ।
प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको सिटीले शीर्ष स्थानको आर्सनललाई १–० गोलले पराजित गरेको छ।
रास्वपाको शुक्रबार साँझ बसेको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।
शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
अडानी समूहको कूल सम्पत्तिमा तीन दिनमै १० प्रतिशतभन्दा बढी गिरावट आएको भारतीय मिडियाले उल्लेख गरेका छन्। फोर्ब्सको सूचीको तेस्रो नम्बरमा रहेका गौतम अडानी एकैपटक सातौँ नम्बरमा झरेका छन्।
सर्वोच्च अदालतको आदेशबाट रवि लामिछानेको सांसद पद गुमेसँगै सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा टीकाटिप्पणी भइरहेको छ।
वर्तमान सत्ता गठबन्धनमा निर्णायक शक्ति रहेको रास्वपाका अध्यक्ष रवि लामिछानेको सांसद पद गएसँगै गठबन्धनको भविष्य र आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर पनि चर्चा शुरू भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भ्रष्टाचारविरुद्ध ‘सख्ती’ देखाउने संकेत गरेसँगै युक्रेनभर राजीनामा दिने कर्मचारीको संख्या बढेको छ।
रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि आफू अनागरिक बनेको टिप्पणी गरेका छन्।