स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको बताउँदै मिडियालाई सेवामूलक उद्योगको मान्यता दिने बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास होस् भन्ने उद्देश्यले पाल्पाको रामपुरमा पुस्तकालय सञ्चालनमा ल्याइएको छ।
रास्वपा सभापति रवि लामिछानेले पुनः नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दोस्रो पटक भेटेका छन्।
सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासँगै जोडिएको राहदानीको विषय बाँकी नै रहेकाले रास्वपालाई गृह मन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका छन्।
पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थनाको समयमा भएको विस्फोटमा परी ८३ जनाको मृत्यु भएको छ।
देशमा आर्थिक संकट चुलिँदै गएको भन्दै एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ।
मजदुर, किसान र सर्वसाधारणले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको एकीकृत समाजवादीको ज्ञापनपत्रमा उल्लेख छ।
दैनिक एक हजार ५०० जनाले विद्युतीय राहदानीका लागि आवेदन दिनसक्ने राहदानी विभागले जनाएको छ।
पोखरा महानगरपालिकाले सूचनामार्फत मुख्य स्थानका सडक छेउमा माघ २३ देखि पूर्णरूपमा पार्किङ निषेध गरेको जनाएको छ।
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महान्यायाधिवक्ताको कार्यालयले मुद्दाका साक्षीको संरक्षण तथा सुरक्षासम्बन्धी छुट्टै कानून बनाउनसमेत सुझाव दिएको छ।
प्रधानमन्त्री दाहालसहित शीर्ष नेताहरूसँगको भेटमा नेपालमा अमेरिकी लगानी भित्राउने प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेलगायतका विषयमा कुराकानी गरेको उपविदेशमन्त्री नुल्यान्डले बताएकी छन्।
गुस्टोलाई अनुबन्ध गरेको चेल्सीले अर्जेन्टिनाका सेन्टर मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउने तयारी गरेको छ।
राजश्वको दायरा फराकिलो पार्ने, राष्ट्रिय सम्पत्ति र स्रोतको सिर्जना गर्ने र आन्तरिक उत्पादनमा वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेर स्रोत र खर्चको सीमा निर्धारण गरिएको आयोगले जनाएको छ।
संसद् भवनअगाडि आफैँलाई आगो लगाएर ज्यान गुमाएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको मृत्यु सम्बन्धमा प्रहरीले मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ।
शहीद दिवस
प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यस वर्ष पनि शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरी विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाउन लागिएको हो।
पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा कम्तिमा २८ जनाको ज्यान गएको छ भने १५० जना घाइते भएका छन्।