रवि लामिछानेले अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः नलिएको ठहर सर्वोच्चको छ।
प्रेमप्रसाद आचार्यले मृत्युअघि फेसबुकमा उल्लेख गरेका भाट्भटेनीसहित १२ संस्थाहरूविरुद्ध किटानी जाहेरी परेको छ।
विवादैविवाद बोकेर गृहमन्त्रालयको नेतृत्वमा पुगेका रास्वपा सभापति रवि लामिछाने ३३ दिनमै त्यहाँबाट बाहिरिँदा उनको सांसद र पार्टी सभापतिको पद पनि गुमेको छ।
क्यानले राष्ट्रिय टोलीबाट लामो समय बाहिर रहेका शरद भेषवाकर, कुशल मल्ल र कमलसिंह ऐरीलाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ।
एमाले सहितका दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
आठ 'ए' डिभिजन क्लबको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले रिक्त रहेको उपाध्यक्ष पदका लागि माघ २३ गते सोमबार ११ बजेर ५९ मिनेटमा निर्वाचन गर्ने गरी मिति तोकेका छन्।
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए।
निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्यूएस र पीएमसीसी कक्षको निर्माण गरिने जनाएको छ।
कार्गोका लागि खुला व्यापार क्षेत्र, एभिएसन प्रशिक्षण केन्द्र, विमान मर्मत तथा पार्टपुर्जाको जाँच सुविधा उपलब्ध हुने 'एभिएसन सिटी'ले १५ हजारभन्दा बढीलाई रोजगारी दिने बताइएको छ।
मेलबर्नस्थित रोड लेभर एरिनामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा रूसका करेन खाचानोभलाई हराउँदै उनी उपाधिनजिक पुगेका हुन्।
शुक्रबार लामिछानेका तर्फबाट नरेन्द्र गौतम, आशिष कुइँकेल, सुदिग्य पन्त र यज्ञमणी न्यौपानेले बहस गर्दै रिट खारेजीको माग गरेका थिए।
बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पले सबैभन्दा बढी बडीमालिका नगरपालिकामा क्षति पुगेको प्रहरीले जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले १५ हजार रुपैयाँ जरिबाना गरेको छ।
दुवैतर्फको बहस सकिएपछि इजलासले फैसला सुनाउने छ।
पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको कार्यदलले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गरेर प्रतिवेदन पेस गर्ने छ।
एथलेटिको बिलबाओ, बार्सिलोना र ओसासुना कोपा डेल रेको सेमिफाइनलमा पुगिसकेका छन्।
सुकुम्वासी आन्दोलन
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौँमा प्रदर्शन गरेको छ। भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्न माग गर्दै शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेको हो। काठमाडौँ महानगरले सुकुम्वासी बस्ती हटाउन थालेसँगै मोर्चा आन्दोलित छ। तस्वीरहरू: अमित मचामसी
शुक्रबार राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।