सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न समय थप्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने निर्णय गरेको छ।
अस्ट्रेलियन ओपनको क्वार्टफाइनल खेलमा रूसका एन्ड्री रूबलेभमाथि सहज जित निकाल्दै जोकोभिच सेमिफाइनलमा पुगेका छन्।
भारतीय क्रिकेटर सूर्यकुमार यादव आईसीसी पुरुष टी–२० आई क्रिकेटर अफ दि इयर घोषित भएका छन्।
महोत्सवमा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ।
राखेपले नेपाल टी-२० का क्रममा भारतीय साझेदार कम्पनी सेभन थ्री स्पोर्टस्सँग क्यानले गरेको सम्झौता गैरकानूनी भएको बताएको छ।
महासचिव डा. बेदुराम भुसालले राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्न, समसामयिक प्रस्ताव र विविध कार्यसूचीसहित बैठक आह्वान गरिएको बताए।
मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले नानुका आचार्यले देशमा भएको भ्रष्टाचारका कारण आफ्नो मान्छेले ज्यान गुमाउनु परेको बताएकी छन्।
मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले देशमा भ्रष्टाचार भएकाले आफ्नो मान्छेको ज्यान गएको बताएकी छन्।
‘गोल्डेन ग्लोब्स्’मा सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी मिसेल अस्करमा पनि ‘बेस्ट एक्ट्रेस’ विधाको मनोनयनमा परेपछि चर्चामा छिन्।
बुधबार संवैधानिक इजलासमा शुरू भएको मुद्दाको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ।
सरकारी वकिलले गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता प्राप्तिका लागि कार्यविधिको पालना नगरेको स्वीकार गरेका छन्।
चीनका वरिष्ठ इपिडेमियोलोजिस्ट वु जुनयोले ८० प्रतिशत चिनियाँमा कोभिडको संक्रमण देखिएको बताएका छन्।
बहसकर्ता अधिवक्ता रविराज बसौलाले कानूनले तोकेबमोजिम नागरिकता नलिएकाले गृहमन्त्री लामिछाने नेपाली मूलको नागरिक नै नभएको जिकिर गरे।
प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुखले वरिष्ठअधिवक्ता गजेन्द्र आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी रहेको छ।
बुधबार चाँदीको मूल्य भने घटबढ भएको छैन। चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही हुने प्रहरीले जनाएको छ।
इलामको सूर्योदय नगरपालिका घर भएका प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए।
पुस २२ गते संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो।