राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गतेको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
काठमाडौँ– माघ २७ गतेको संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सो विषयमा जानकारी गराएका हुन्। उनले राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने बताए।
"राष्ट्रपतिज्युबाट नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ साल माघ २७ गते शुक्रबार दिनको ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा प्रतिनिधिसभाका सम्पूर्ण मान्य सदस्यहरू दिनको २ः४५ बजेभित्र नै प्रतिनिधिसभा बैठक सभा कक्षमा आफ्नो आसनग्रहण गरीदिनुहुन अनुरोध गर्दछु। उक्त दिन र तोकिएको समयमा निर्धारित पोशाकमा उपस्थित हुन अनुरोध गर्छु", उनले भने।
प्रतिनिधिसभाको आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको तर्फबाट खानेपानी मन्त्री अब्दुल खानले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थप गर्ने मन्त्रिपरिषद्को आदेश सदनमा पेस गरेका छन्।
असोज मसान्तसम्म म्याद रहेकोमा ती आयोगबाट सम्पादन हुनुपर्ने शान्ति प्रक्रियाका काम बाँकी रहेकाले विसं. २०८० साल असार मसान्तसम्म उक्त आयोगहरूको म्याद थप गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गते बसेको निर्णयबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश भएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक माघ २७ गते शुक्रबार दिनको ५ बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
