AnonymousUser

Logout

निर्वाचन सुधारका लागि ऐन संशोधन प्रस्ताव ल्याउँदै आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली सुधार्न निर्वाचनसम्बन्धी ऐन संशोधन गर्ने तयारी रहेको बताएका छन्।

सार्वजनिक ऋण २० खर्ब पुग्यो

चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले  वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब ऋणबाट स्रोत जुटाउने लक्ष्य राखेको छ।

म्यानमारमा अफिम उत्पादन ९ वर्षयताकै उच्च

म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि ग्रामीण क्षेत्रका बासिन्दा अफिम खेतीमा फर्किएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्न ६ सदस्यीय समिति गठन

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा अध्ययन गर्न गृह मन्त्रालयका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

आर्थिक सूचक अझै चिन्ताजनक अवस्थामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती आफ्नासामु रहेको बताएका छन्।

आशिफले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले ओमान टी–२० सिरिजको क्रममा देखाएको खेल भावनाको कदर गर्दै आईसीसीले स्पिरिट अफ क्रिकेट अवार्ड दिएको छ।

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने माओवादीको जोड, कांग्रेस–एमालेसँग छलफल गर्दै

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्तिलाई अगाडि सार्न सकिए आगामी दिनमा हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न र संविधानको संरक्षणमा सहयोग पुग्ने माओवादी नेता पौडेलको तर्क छ।

सरस्वती पूजा

लेख्ने रहर...

श्रीपञ्चमीलाई अक्षरारम्भको दिन पनि भन्ने चलन छ। यस दिनदेखि बालबालिकालाई विद्यालय पठाउने, लेख्न सिकाउने गरिन्छ। अभिभावकहरू छोराछोरीलाई लिएर मन्दिर, विद्यालय पुगेका छन्। बालबालिकाले विभिन्न मन्दिर र विद्यालयका भित्तामा चकले लेखेर अक्षरारम्भ गरेका छन्। तस्वीरहरू: अमित मचामसी र फाेटाे लाइब्रेरी

क्यानले नै ‘स्पट फिक्सिङ’को सूचना लुकाएको खुलासा, अध्यक्ष भन्छन्– लिग जोगाउनु थियो

अध्यक्ष चन्दले स्पट, म्याच फिक्सिङलगायत कुनै खाले भ्रष्टाचारमा क्यानका पदाधिकारीको संलग्नता नरहेको दाबी गरे।

प्रमुख निर्वाचन आयुक्तको प्रश्न– प्रेस काउन्सिलले सामाजिक सञ्जाल नियमन गर्न सक्छ?

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सामाजिक सञ्जाललाई पनि सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको जनाएका छन्।

अफ्रिकी देशहरूमा खाद्य सहयोगका लागि १० अर्ब अमेरिकी डलर सहयोग

कृषि विकास, विभिन्न आयोजना सञ्चालन र खाद्यान्न संरक्षणका लागि अफ्रिकी विकास बैंकले १० अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने जनाएको छ।

टिकट हिनामिनाबारे जवाफ नदिए फिफा र एएफसी गुहार्ने एन्फा सदस्य अधिकारीको चेतावनी

फिफाले एन्फालाई विश्वकपको २९० वटा टिकट दिएको थियो। त्यसमध्ये ७५ वटा एएफसीका उच्च पदाधिकारीलाई वितरण गरेको आरोप अध्यक्ष पंकजविक्रम नेम्वाङलाई लागेको छ।

राष्ट्रपति भण्डारीद्वारा नासलचोकमा वसन्त श्रवण

राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने प्रचलन राजा प्रताप मल्लको पालादेखि चल्दै आएको हो। 

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सुर्खेतमा ५ जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेतको छिमेकी जिल्ला बाँकेमा दादुरा सङ्क्रमण तीव्ररूपमा फैलिइरहेको छ।

'कमरेडहरूले चित्त दुखाउलान् तर देशमा राज्य पनि छ र भन्ने प्रश्न उठिसक्यो'

कहीँ पनि राज्यको उपस्थिति नहुँदा ठूला पूँजीपति र दलालहरूका अनेक खालका बदमासीबाट किसान आजित छन्।

६ महिनामा ४५ सञ्चारमाध्यम काउन्सिलको कारबाहीमा

दर्ता नभई सञ्चालनमा रहेका १६ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन प्रेस काउन्सिलले दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको  छ।

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

बार्सिलोनाका लागि डेम्बेलेले ५२औँ मिनेटमा गोल गरेका थिए। 

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो, अन्य स्थानको मौसम सफा रहने 

दिनभर वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।