शुरूमा काठमाडौँको सरस्वतीनगरबाट गैँडाको एक थान खागसहित इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मा पक्राउ परेका थिए। त्यसपछि अरू १३ जना पक्राउ परेका हुन्।
बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको ऋण असुलीका लागि ऋणीको तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना जारी गर्ने गरेका छन् ।
स्वास्थ्य बीमाबापतको ५६ लाख रुपैयाँ पाउन बाँकी भएकाले ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ।
त्रिचन्द्र कलेज
काठमाडौँ– त्रिचन्द्र कलेजको भवन प्रवलीकरण कार्य शुरू गरिएको छ। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको कलेजको भवन पुनर्निर्माण नगरेको भन्दै विद्यार्थीहरू बारम्बार सम्बन्धित पक्षलाई दबाब दिँदै आएका थिए। त्यसलगत्तै सरकारले ४८ करोड बजेट छुट्ट्याएर २ मोडलमा निर्माण गर्ने तयारी गरेको थियो। भवन निर्माण विभागका केन्द्रीय आयोजना कार्यान्वनयन इकाई भवन तथा आवासका निर्देशक कोषनाथ अधिकारीका अनुसार कलेजको दक्षिणपट्टिको पूरै भाग क्षतिग्रस्त भएकाले पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाइने छ। त्यस्तै, उत्तरपट्टिको जिओलोजी, मेट्रोलोजी विभाग रहेको भवन भने प्रवलीकरण गरिनेछ। अधिकारीका अनुसार एक महिनाअघि शुरू भएको प्रवलीकरण तथा पुनर्निर्माण कार्य दुई वर्षभित्र सक्नुपर्ने छ। कलेजको प्रवलीकरण र पुनर्निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागले गत साउन ३ गते ४८ करोड २० लाख ६१ हजार बराबरको लागत अनुमानसहितको योजना तयार पारेको थियो।
नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम सरकार पतनजस्ता घटनाले देश अर्को अस्थिरताको दुश्चक्रमा फस्नलागेको भट्टराईले दाबी गरेका छन्।
मिर्गौला ८० प्रतिशत खराब भइसक्दा पनि शरीरमा कुनै लक्षण देखिँदैन। लक्षण देखिएपछि उपचारका लागि जाँदा ढिलो भइसकेको हुन्छ। यतिबेला डायलासिस र प्रत्यारोपणबाहेक विकल्प रहँदैन।
दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अधिकांश भूकम्पपीडितले खानेपानी, इन्धन र विद्युत् आपूर्तिको चरम संकटका कारण घरबाहिरै कष्टपूर्ण जीवन बिताइरहेकाले तत्काल सहयोगको खाँचो परेकाे विश्व स्वास्थ्य संगठनको भनाइ छ।
क्यानले बिहीबार सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई पनि समेटेको छ।
साफ महिला यू-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको छ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए।
नेता खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीलाई सरकारका आउन गरेको आग्रहबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।
ए२२ का सीईओ बर्न्ड रिचार्टले भविष्यमा युरोपियन सुपर लिगमा ८० भन्दा बढी टोलीहरू आबद्ध हुन सक्ने बताएका छन्।
एमाले उममहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन गर्न लागिएको बताए।
अश्विन टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ४५० विकेट लिने दोस्रो बलर बनेका छन्।
नवनिर्मित समाधिस्थलको अनवरण गर्ने तयारी भइरहेका बेला एकाएक शव गायब भएको बताइएको छ।
सरकार गठन गर्न समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भन्दै बैठकमा सहभागी नभएपछि मुख्यमन्त्री रावल अलपमतमा परे।
नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिनुपर्ने छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले छलफल गरेका छन्।
कतारी धनाढ्यहरूले निजी पहलमा म्यानचेस्टर युनाइटेड किन्ने योजना बनाइरहेको र क्लब हात पार्न उनीहरू ६ अर्ब पाउन्डभन्दा बढी रकम खर्चन तयार रहेको बताइएको छ।