राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङगोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।
विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन्।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज देशैभरका बैंक १० बजेदेखि १ः३० बजेसम्म खुला राख्न निर्देशन दिएको छ।
काठमाडौँमा फागुन २ देखि ४ गतेसम्म हुन लागेको अनेरास्ववियुको महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ।
प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए।
परराष्ट्रमन्त्री विमला राई पौड्याल, स्वास्थ्यमन्त्री पदम गिरीलगायतले राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। मन्त्री पौड्यालले सोमबार आफ्नो कार्यालय खुलै रहने बताइन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार राप्ती उपत्यका देउखुरीमा संविधानको धारा १७२ बमोजिम शपथ गराएका छन्।
अमेरिका र क्यानडाको आकाशमा ४० हजार फिटको उचाइमा उडिरहेकाे सानो सिलिन्डरजस्तो आकारको संदिग्ध वस्तुलाई शनिबार क्षेप्यास्त्र प्रयोग गरी खसालिएको छ।
एसिड आक्रमणमा संलग्नहरूलाई अधिकतम क्षतिपूर्ति र कैद फैसला भएको पीडित कार्कीका तर्फबाट वकालत गरेकी अधिवक्ता राधिका खतिवडाले बताइन्।
अर्थ मन्त्रालयले राजस्व चुहावटमा संलग्न जो कोहीलाई कानूनको दायरामा ल्याउने, कर कानूनको परिपालना गराउनेलगायतका कार्ययोजना बनाएको छ।
'बी' डिभिजन क्लबहरूले तयारीस्वरूप एन्फाले दिने पहिलो किस्ताको रकम प्राप्त नगरे क्लब दर्ता पनि नगर्ने बताएका छन्।
माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई 'जनयुद्ध' दिवसको रूपमा मनाउँदै आएको छ।
वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताका साथ प्रस्तुत भइरहेको अर्थमन्त्री पौडेलको भनाइ छ।
निर्वाचन आयोगले चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्रमा संकट देखिएको बताए।
'केपी ओली कप'को उद्घाटन खेलमा सातदोबाटो र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय युवा संघ, नेपालले जनाएको छ।
अर्थमन्त्री पौडेलले प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्र खर्च हुन सक्ने जनाएका छन्।
आइतबार ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
निजामती सेवामा रहँदासम्म गैरसरकारी संस्था वा व्यापारिक कम्पनीको हितमा काम गरेका कतिपय पूर्व उच्च पदस्थ अवकाश वा राजीनामालगत्तै कानूनविपरीत तिनै संस्थामा काम गर्न गएका छन्।
एमाले सांसद रघुजी पन्तले सरकारले सवारी व्यवस्थापन गर्न नसक्दा राष्ट्रपति संस्था विवादमा तानिएको भन्दै असन्तुष्टि जनाए।