AnonymousUser

Logout

उपरथीमा बढुवा भएसँगै भट्टलाई प्रबन्धरथीको जिम्मेवारी

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका कृष्णदेव भट्टलाई प्रबन्धरथी विभागको प्रमुख नियुक्त गरेका छन्।

विमानस्थलको ट्राभलेटर यथाशीघ्र मर्मत गर्न आईएमएस ग्रुपलाई पर्यटनमन्त्रीको निर्देशन

बिहीबार विमानस्थलको अनुगमनका क्रममा मन्त्री किराँतीले ट्राभलेटर निर्माणकर्ता कम्पनीबाट तत्काल मर्मतसम्भार गराउन निर्देशन दिएको विमानस्थल कार्यालयले जनाएको छ।

‘ए’ डिभिजन लिग : एन्फाले बढायो विदेशी खेलाडीको कोटा

एन्फाले कोटा बढाउँदै एउटा क्लबले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान राखेको छ।

७ हजार कर्मचारी कटौती गर्दै ‘डिज्नी’

अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘डिज्नी’ले धेरै कमाई गरिरहेको छ। तर डिज्नी प्लसका सब्स्क्राइबर्सको संख्या घटेकाले नयाँ आर्थिक योजनाअनुरूप कर्मचारी कटौती गर्न लागेको बताइएको छ।

नागरिक उन्मुक्तिका नेतासँग वार्ता– ‘सुदूरपश्चिम सरकार ढले हामी होइन, ठूला दल जिम्मेवार’

हाम्रा राजबन्दीहरूलाई रिहाइ गरिनुपर्छ भन्ने नै हाम्रो प्रष्ट लाइन हो। जेलको ढोका खोलिदिएपछि हामी पनि विश्वासको मतको ढोका खोलिदिन्छौँ।

रञ्जिता श्रेष्ठले भनिन्– आत्मसमर्पण हार्नेहरूले मात्र गर्छन्

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ।

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, संगठन विस्तार कार्यक्रमबारे निर्णय गर्ने 

बिहीबार बेलुका पाँच बजे बस्ने बैठकको शुरूमै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।  

काठमाडौँको ‘राजनीतिक निर्णय’ पर्खिरहेको सुदूरपश्चिम सरकार, नभए आजै मुख्यमन्त्री पदमुक्त हुने

मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसके प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुनेछन्। 

राष्ट्रपति निर्वाचन र सुदूरपश्चिम सरकारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै 

रास्वपा सरकारबाट बाहिरिएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पहिलोपटक बस्न लागेको हो।

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै  

बलियो प्रतिद्वन्द्वी भारतलाई हराएर फाइनल पुगेको नेपाल बंगलादेशसँग लिग चरणको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा छ। 

पीएसजी फ्रेन्च कपबाट बाहिरियो

मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरे। पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए।

तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 

कार्यतालिका बनाएर सदन सञ्चालन गर्न सांसदहरू सहमत

समिति सदस्य सुवास नेम्वाङले मुख्य जिम्मेवारी कानून निर्माणमै सांसदको ध्यान केन्द्रित गर्न कार्यतालिका बनाएर संसद् चलोस् भन्ने सबैको मत आएको बताए।

पुटिनले एमएच१७ विमान खसाल्न प्रयोग गरिएको मिसाइल 'आपूर्ति' गरे : अनुसन्धानकर्ता

अभियोजनकर्ताहरूले पुटिनले मस्को समर्थित पृथकतावादीहरूलाई मिसाइल उपलब्ध गराउने निर्णय गरेको प्रमाण फेला पारेको बताएका छन्।

सर्वोच्चले माग्यो देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता दिनुका कारण

सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लंघन गर्ने ४ बैंकलाई ५० लाखका दरले जरिबाना

नेपाल राष्ट्र बैंकले चारवटा 'क' वर्गका बैंकलाई ५० लाख रुपैयाँका दरले जरिबाना गरेको भने अरू पाँचवटा बैंकलाई सचेत गराएको छ।

टर्कीको भूकम्पमा ११ हजारले गुमाए ज्यान

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेका छन्। मौसम प्रतिकूल बन्दा उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन्। 

नेप्से ७.१६ अंकले घट्यो, ३ अर्ब ६९ करोडको कारोबार

बुधबार अन्य समूहको उपसूचक ७.७५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

टर्कीमा अत्यावश्यक सामग्रीसहित ‘मेडिकल टिम’ पठाउने सरकारको तयारी

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्मको सहयोग गर्नुपर्ने बताए।