भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ। नेपालका लागि अञ्जली चन्द, प्रीति राई र अमिषा कार्कीले एक/एक गोल गरे।
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न मन्त्रालयहरूले प्रस्तुत गरेका कार्ययोजनालाई एकीकृत रूप दिइएको बताएकी छन्।
मंगलबार कारोबार रकम पनि बढेको छ। कूल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता सेयर तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ।
भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो र निरन्तरको वर्षाले जनजीवन थप कष्टकर बनेको सरकारी अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्री दाहालले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे पनि थप छलफल आवश्यक रहेको बताएका छन्।
रास्वपा सरकारबाट बाहिरिए पनि गठबन्धनभित्र नै छ। बाहिर जाँदैन। अहिले नै गठबन्धनलाई कुनै खतरा छैन। नयाँ समीकरण बन्छ की भन्ने विषयमा अहिले टिप्पणी गर्नु हुँदैन।
डबल राउन्ड रोबिनका आधारमा हुने 'ए' डिभिजन लिग फागुन १९ गते शुरू हुने छ। उद्घाटन खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब भिड्ने छन्।
विमान निर्माता कम्पनी बोइङले वित्तीय र मानव संशाधन क्षेत्रका २ हजार कर्मचारी कटौती गर्ने कम्पनीले जनाएको छ।
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।
फिन्चले ७६ खेलमा अस्ट्रेलियाको कप्तानी गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रूपमा उनले सबैभन्दा धेरै खेल खेलेका छन्।
राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष उर्मिला अर्याललाई शपथ गराएका छन्।
रातको समयमा यातायात तथा मानवीय आवागमनमा सहजता तथा शान्ति सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको महानगरले जनाएको छ।
सन् १९८० को दशकमा प्रत्येक एक हजार डेलिभरीमा नौदेखि १२ जोडी जुम्ल्याहा हुने गरेका थिए। तर नयाँ तथ्यांक अनुसार विश्वमा हरेक वर्ष १० लाख ६० हजार जोडी जुम्ल्याहा जन्मिने गरेका छन्।
चन्दननाथ नगरपालिका–१ स्थित स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागीमा उनकी १४ वर्षकी छोरी बन्दनाको मृत्यु भएको छ।
काठमाडौँ
काठमाडौँ महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। मंगलबार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो। महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामान सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको हो। मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो। सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ।
भूकम्पमा परेर मंगलबार बिहानसम्म टर्कीमा दुई हजार ९२१ र सिरियामा एक हजार ४४४ जनाले ज्यान गुमाएको पुष्टी भएको द गार्जियनले जनाएको छ।
मूल्यवृद्धि भएपछि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल १७५ रुपैयाँ पुगेको छ।
तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बताइएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले बढाएको छ।