AnonymousUser

Logout

टर्की भूकम्पको सातौँ दिन : मृतकको संख्या २८ हजार पुग्यो, लुटपाट र असुरक्षा बढ्यो

टर्की–सिरिया भूकम्प प्रभावित क्षेत्रमा लुटपाट र अपहरणका घटना बढेका छन् भने केही स्थानमा अज्ञात समूहहरूबीच झडप  भएपछि उद्धार कार्य रोकिएको छ।

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री दाहाल विकास आयोजनाको अनुगमन र निरीक्षणका लागि सोमबार कैलाली र कञ्चनपुर जाने कार्यक्रम छ। 

महिला फुटबल टोली भारततर्फ, प्रशिक्षक थापा भन्छन्– दुवै खेलमा भारतलाई हराउँछौँ

एन्फाले भारत जाने २३ सदस्यीय महिला फुटबल टोलीको आइतबार बिदाइ गरेको छ।

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकार तयार भएकाे छ।

गठबन्धन पूर्ववत् सहमतिअनुसार अघि बढ्छ : राजेन्द्र लिङ्देन

बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे पनि कुराकानी भएको उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्‌देनको भनाइ छ।

‘ओपीडी’ बन्द भएपछि बिरामीको बिचल्ली (तस्वीरहरू)

आन्दोलनरत चिकित्सक संघ र सरकारी टोलीबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको छ।

आन्दोलन फिर्ता लिएर काममा फर्कन स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह

प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह घाइते भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ। 

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आइतबार शपथ

लुम्बिनीमा शनिबार नियुक्त भएका सात र पुस २७ गते नियुक्त भएका दुईसहित नौ जना मन्त्रीको कार्य विभाजन भएको छ।

क्लब विश्वकपको उपाधि रियल मड्रिडलाई

रियल मड्रिडले साउदी क्लब अल हिलाललाई ५–३ गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको छ।  

पश्चिमी वायुको प्रभाव : लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना

दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने छ। 

विवेकशील साझाको अध्यक्षमा समीक्षा र महासचिवमा रन्जु सर्वसम्मत

विवेकशील साझा पार्टीको निर्वाचन समिति संयोजक केशव दाहालका अनुसार अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रन्जु दर्शना सर्वसम्मत चयन भएका छन्।

कृष्णप्रसाद भट्टराई स्मृति कराँते प्रतियोगितामा पुलिसलाई सर्वाधिक १० स्वर्ण

प्रतियोगितामा १७ इभेन्ट्समध्ये नेपाल पुलिस क्लबले सर्वाधिक १० स्वर्ण जित्न सफल भयो। यस्तै, एपीएफले ६ स्वर्ण जित्दा आर्मीले एक स्वर्ण पदक निकाल्यो।

पोखराको लेकसाइडस्थित सेल्वज टावरमा लागेको आगो नियन्त्रणमा

आइतबार बिहान ७ बजे व्यवसायीसँगको समन्वयमा आगलागीबाट भएको क्षति विवरण संकलन गरिने एसपी केसीले जानकारी दिए।

चिकित्सकमाथि कुटपिटको विरोधमा आइतबार स्वास्थ्य सेवा बन्द गर्ने संघको निर्णय

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने संघले निर्णय गरेको छ।

माओवादी केन्द्र एकता र रूपान्तरणको प्रक्रिया छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दालाई उच्च प्राथमिकता दिने बताएका छन्।

सुदूरपश्चिमबाट उदायौँ, एमालेलाई धक्का दियौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनु नै एमालेका लागि धक्काको शुरूआत भएको दाबी गरे।

ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बित

चिकित्सकमाथि लाठी चार्जको विषयलाई लिएर वरिष्ठ प्रहरी हवल्दार गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

रात्रिभोज

राष्ट्रपति निवासमा सांसदहरूलाई रात्रिभोज

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसद्का सदस्यहरूका लागि रात्रिभोजको कार्यक्रम आयोजना गरेकी छिन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा शनिबार अपराह्न साढे ३ बजेदेखि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको सहभागिता थियो।

भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री दाहाल

हाल प्रचलनमा रहेका भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सुधार गरी नयाँ ऐन संसद्‌बाट पारित गराउन सरकारले प्रयास गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएका छन्। 

डग शो

जावलाखेलमा ग्रान्ड डग शो

काठमाडौँ– ललितपुरको जावलाखेल मैदानमा \'१३औँ ग्रान्ड डग शो\' आयोजना गरिएको छ। काठमाडौँ उपत्यकामा रहेका कुकुर मालिकहरूलाई एकै ठाउँमा भेला गराउन हरेक वर्ष यो सो आयोजना गर्ने गरिन्छ। शोमा यस वर्ष करिब ३ दर्जन कुकुर सहभागी भएको आयोजकले जनाएको छ।\r\n