बोर्डले मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ। सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिने बोर्डले जनाएको छ।
अमेरिकाको केन्टकीको फोर्ट क्याम्पबेल सैन्य शिविरनजिक दुई वटा हेलिकप्टर दुर्घटनामा परेका छन्।
सिर्सिया नदी दुर्गन्धित बनाउने पाँच उद्योगलाई तीन लाखका दरले जरिबाना गरिएको छ भने स्थानीय तहले अन्य उद्योगलाई पनि कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
उद्यमीले पहिलो किस्ता लिएको ६ महिनाभित्र दोस्रो किस्ता माग गर्न सक्ने छन्। कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत परियोजनालाई नै धितोको रूपमा राख्नेछ।
फिलिपिन्सको बासिलान प्रान्तमा एक पानीजहाजमा आगलागी हुँदा तीन बालबालिकासहित २८ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन्।
मिटरब्याज पीडितले अधिकार सम्पन्न आयोग गठन गरेर मिटरब्याजसम्बन्धी उजुरी छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिस्पर्धा कानूनअन्तर्गत गुगललाई १६ करोड अमेरिकी डलर जरिबाना तिराउने तल्लो अदालतको फैसला भारतको उच्च अदालतले सदर गरिदिएको छ।
राप्रपा अध्यक्ष लिङदेनले व्यक्ति, पार्टी र सत्ताकेन्द्रित गतिविधिका कारण देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको छ।
बैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
ताइवानकी राष्ट्रपति साई इङ वेन अमेरिका भ्रमणमा निस्किनुअघि चीनले अमेरिकी सभामुखलाई नभेट्न र अमेरिका नजान खुला चेतावनी दिएको थियो।
मिटरब्याज पीडितका मुद्दा सम्बोधनका लागि संसद्बाट छिटो भन्दा छिटो आवश्यक कानून निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा महामन्त्री शर्माको जोड छ।
जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठका लागि नेपाल तथा भारतबाट समेत साधुसन्त र तिर्थालु आएका छन्।
मोफसलमा सर्वाधिक धनराशि पुरस्कार रहेको खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन्।
दिउँसो पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा साँझपख हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘गठबन्धनमा लागे एकीकृत समाजवादी धुलो हुन्छ भन्दा कसैले मानेनन्। मानिसलाई नशा लागेपछि कुरो नसुन्दोरहेछ।’
बुधबार ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ।
दुई महिनामै सत्ताबाट प्रतिपक्षमा पुगेको एमाले सदन मात्र होइन, सडकमा समेत शक्ति बढाउन खोज्दै छ। यसनिम्ति शिथिल संगठन र एकता खलबलिएको पार्टी पंक्तिको मनोदशा बुझेर अध्यक्ष ओलीसमेत गाउँकेन्द्रित भएका छन्।
जसपा नेता राजेन्द्र श्रेष्ठले सत्तारूढ गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटाएको बताएका छन्।