शक्तिशाली हतियार र आणविक क्षमता बढाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टोपोल प्रणालीलाई प्रतिस्थापन गरि यार्स क्षेप्यास्त्र प्रणाली बिस्तार गर्ने लक्ष्य लिएका छन्।
रास्वपा प्रमुख सचेतक परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका छन्।
ताइवानकी राष्ट्रपति साईले ताइवानलाई अन्तर्राष्ट्रिय समुदायसँग घुलमिल हुन कुनै बाहिरी दबाबले फरक नपर्ने बताएकी छन्। ताइवानले स्वतन्त्रता र प्रजातन्त्रको रक्षा गर्ने उनको भनाइ छ।
एआईले प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत, कानूनी क्षेत्रमा ४४ प्रतिशत, निर्माणमा ६ र मर्मत सम्भारको क्षेत्रमा ४ प्रतिशत प्रभाव पार्ने अध्ययनले औँल्याएको छ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा–२ बाट उम्मेदवार रहेका कुसवाह जसपाका रामसहायप्रसाद यादवसँग ३५४ मताअन्तरले पराजित भएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याउन नसकेपछि दिउँसो ३ बजे पुनः बैठक बोलाइएको छ।
प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म काठमाडौँस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छ।
अस्ट्रेलिया विश्वमै बढी सुनखानी भएको देश हो जहाँ यसरी धेरै पटक ठूलो परिमाणमा सुन भेटिने गरेकाे छ।
पशुपति क्षेत्रमा फोहोरमैला र प्रदूषण बढेपछि कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नारासहित सरसफाइ अभियान थालेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ।
चर्च ब्वाइजले फाइनल प्रवेशका लागि बिहीबार न्युरोड टिम एनआरटीको सामना गर्नेछ।
दिउँसो देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
गलत लिखत तयार गरी श्रीमतीलाई राहत शिक्षक कोटामा नियुक्ति गरेको अभियोग लागेका पूर्वप्रधानाध्यापक रमेश तिवारीलाई विशेष अदालतले मंगलबार सफाइ दिएको छ।
म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले प्रजातन्त्रवादी नेतृ आङ सान सुची नेतृत्वको दल एनएलडीको दर्ता खारेजको घोषणा गरेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानले नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको छ। भुटानविरुद्ध अहिलेसम्म १३ खेल खेलिसकेको नेपालले १२ खेलमा जित हात पारेको थियो।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको तर मन्त्रालय भागबन्डाको विषयले प्रवेश नपाएको बताएका छन्।
थ्री नेसन्स् कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो खेलको पहिलो हाफमा भुटानले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ।
६८ जना आप्रवासीलाई राखिएको सिउडाड वारेज हिरासत केन्द्रमा आगलागी भएको मेक्सिकोको अध्यागमन विभागले जनाएको छ।
वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्ने भुक्तानी सेवा प्रदायकलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि टेलिमेडिसिन सेवा सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा उपलब्ध हुनेछ।