हावाहुरी र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाल भारतसँग ४ विकेटले पराजित भएको टोली व्यवस्थापक कुमार पौडेलले बताए।
साबइर सुरक्षा उद्योगमा दक्ष जनशक्ति अभावका कारण पछिल्ला केही महिनायता अस्ट्रेलियामा साइबर आक्रमणका घटना बढिरहेको विज्ञहरूको भनाइ छ।
बर्दिबासबाट पैदलयात्रा गरेर १२ दिनमा काठमाडौँको खुलामञ्च आइपुगेका मिटरब्याज पीडितहरूलाई नगरप्रहरीले गेटमा नै रोक्यो। भित्र धर्ना बस्न नपाएपछि उनीहरूले खुलामञ्चको गेटमा नै रात बिताउने बताएका छन्।
मधेशकेन्द्रित दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेको छ।
सन् २०२० मा चीनको आर्थिक नीतिको आलोचना गरेलगत्तै ज्याक मा सार्वजनिक रूपमा देखिएका थिएनन्।
पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबलबाट अफगानिस्तान र प्लालेस्टाइनले नाम फिर्ता लिएका छन्।
खुल्लामञ्च छिर्न खोजेका मिटरब्याज पीडित र काठमाडौँ महानगरका नगरप्रहरीबीच धकेलाधकेल भएको छ।
‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै पेस गरिएको रिट निवेदनलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।
ललितपुर मेयर्स कपमा कोशीले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै विभागीय टोली एपीएफसँग फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
भारतीय सर्वोच्च अदालतमा अधिवक्ता अशोक पाण्डेले ‘राम सेतु’लाई स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्न सहज हुने गरी पर्खाल निर्माण गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका छन्।
यस वर्षको वसन्त ऋतुमा ६ वटा हिमाल आरोहणका लागि १२ टोलीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
पक्राउ परेका भूमि अभियन्तालाई निःशर्त रिहा गर्न माग गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध सोमबार विरोध प्रदर्शन गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्ययोजना अघि बढाइएको बताएका छन्।
जर्मनीको म्युनिखस्थित मोनास्ट्री ब्रुअरीले पानीमा घोलेर बियर बनाएर खान सकिने पाउडर तयार गरेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधिश माधवप्रसाद घिमिरेको इजलासमा रहेको मुद्दाको पेशी सन्दीपका वकिलहरूले निवेदन दिएर स्थगित गरेका हुन्।
इजरायलली सरकारले अघि सारेको न्यायिक सुधारसम्बन्धी विद्येयकको विपक्षमा उभिएका रक्षामन्त्री योअव ग्यालेन्टलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बर्खास्त गरेपछि प्रदर्शन चर्किएको छ।
जितसँगै १ खेल खेल्न बाँकी रहेको मधेशले ३ खेलबाट २ अंक बनाएको छ। मधेशको यो पहिलो जित हो।
सोमबार बसेको बढुवा समितिको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका छन्।