AnonymousUser

Logout

दरबन्दीअनुसार न्यायाधीश नहुँदा न्याय सम्पादनमा कठिनाइ भयो: सर्वोच्च अदालत

सर्वोच्च अदालतमा २१ जनाको दरबन्दी भए पनि विगत ६ महिनादेखि १६ जना मात्रै न्यायाधीश कार्यरत रहेका छन्, जसका कारण समयमै न्याय निरूपण गर्न नसकिएको प्रवक्ता विमल पौडेल बताउँछन्।

जर्मनीले युक्रेनलाई पठायो अत्याधुनिक युद्ध ट्यांक

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले 'लियोपर्ड–२' ट्यांकले रुससँगको युद्धमा युक्रेनलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

ललितपुर मेयर्स कप : उपाधिका लागि एपीएफ र कोशी भिड्ने

ललितपुर मेयर्स कपको उपाधिका लागि साबिक विजेता एपीएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।

नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ४४ करोडको कारोबार

मंगलबार २५८ वटा कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर ३५ हजार ९२६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ बराबरको कारोबार भएको छ।

मन्त्रालय र मन्त्रीको नाम छिटो टुंग्याउन कार्यदललाई एकीकृत समाजवादीको निर्देशन

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ।

शक्तिशाली आणविक हतियार बनाउन किम जोन उनले दिए विज्ञहरूलाई निर्देशन

उत्तर कोरियाली राष्ट्रपति किमले अमेरिका र दक्षिण कोरियाले निम्त्याएको तनाव रोक्न र मुलुकको सुरक्षाका लागि शक्तिशाली आणविक हतियार बनाउनुपर्नेमा जोड दिएका छन्।

सत्य निरूपणसम्बन्धी संशोधन विधेयकमा रहेका त्रुटि सच्याउन द्वन्द्वपीडित र अधिकारकर्मीको माग

द्वन्द्वपीडित तथा मानवअधिकारवादी समुदायले सत्य निरूपणसम्बन्धी संशोधन विधेयकमा रहेका त्रुटिपूर्ण प्रावधानहरू पीडित र नागरिक समाजले सरकारलाई बुझाएको सुझावबमोजिम सच्याउन माग गरेका छन्।

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप [तस्वीरहरू]

कोशी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनका क्रममा पहिचानवादी र प्रहरीबीच झडप भएको छ।

इन्जिनियर लाइसेन्स परीक्षामा २८.५० प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण

इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी भएका एक हजार ९८१ जना परीक्षार्थीमध्ये ५६५ जना मात्रै उत्तीर्ण भएको काउन्सिलका अध्यक्ष पदम साहीले बताए।

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : सचेतक बर्तौला

सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसके त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको सचेतक बर्तौलाले बताएका छन्। 

मेयर्स कप : एपीएफसँग पराजित हुँदै ललितपुर अंकविहीन

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको १११ रनको लक्ष्य पछ्याएको ललितपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७३ रनमा समेटियो। 

प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेट्दै, वार्ताका लागि समिति गठन

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्‌मा विधेयक दर्ता गर्नेसमेत तयारी गरेको छ।

गृह मन्त्रालयले भन्यो–  मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन

मिटरब्याज पीडितका समस्या समाधानका लागि धेरै कानूनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताएका छन्। 

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख आठ हजार तोकिएको छ।

युक्रेनी राष्ट्रपतिको हुलियामा दीक्षान्त समारोहमा पुगे एक विद्यार्थी

जापानको क्योतो सिटी युनिभर्सिटी अफ आर्टस्‌को दीक्षान्त समारोहमा विद्यार्थीहरू फरक संस्कृति झल्किने र सन्देश दिने पहिरनमा  सहभागी हुने गरेका छन्।

मिटरब्याज पीडित काठमाडौँ आइपुग्नु संघीयतामाथि नै प्रश्न : बालेन

पीडितलाई काठमाडौँमा बस्ने शिविर खोज्नभन्दा आज नै माग सम्बोधन गरेर बेलुका घर फर्किने वातावरण बनाउन मेयर शाहले माग गरेका छन्।

सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : रवि लामिछाने

आफू सरकारमा हुँदा मिटरब्याज पीडितको मागलाई प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न ठूलो समस्या नरहेको लामिछानले बताएका छन्। 

बिहानैदेखि मिटरब्याज पीडितको विरोध प्रदर्शन

यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै विभिन्न जिल्लाबाट भेला भएर मिटरब्याज पीडितहरू काठमाडौँ आएका छन्।

अमेरिकाको विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु 

अमेरिकाको टेनेसी राज्यस्थित नासभिल शहरको एक विद्यालयमा २८ वर्षीया महिलाले बालबालिकालाई निशाना बनाएर अन्धाधुन्ध गोली चलाएकी थिइन्। त्यसपछि सुरक्षाकर्मीको उनी पनि मारिएको प्रहरीले जनाएको छ। 

पाभार्डको गोलमा फ्रान्स विजयी 

युरोकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा फ्रान्सले घरेलु टोली आयरल्यान्डलाई १–० ले पराजित गरेको छ।