प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए।
मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
काेलकत्ताकाे घरेलु मैदान इडन गार्डेनमा २०५ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोर १७.४ ओभरमा १२३ रन बनाएर अलआउट भएकाे थियाे।
न्यूनतम साझा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने उल्लेख छ।
रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा बोलेरो दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनमाथि जारी रुसी युद्ध रोक्नका लागि आफ्नो प्रभावको प्रयोग गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आग्रह गरेका छन्।
न्यूनतम साझा कार्यक्रममा खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने उल्लेख छ।
परराष्ट्रसचिव भरतराज पौड्याल र चिनियाँ परराष्ट्रमन्त्री छिन काङबीच बेइजिङमा भेटवार्ता भएको छ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरेडाँडाको समस्या समाधानका लागि संसदीय समिति बनाएर निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताएका छन्।
भक्तजनको घुइँचो
चैत शुक्ल पूर्णिमाका दिन काठमाडौँको बालाजुमा लागेको २२ धारा मेलामा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। यस दिन २२ धारामा स्नान गरे लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ। राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए। अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएको बताइन्छ। \r\n\r\n
निर्वाचन आयुक्त भण्डारीले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रबारबाट आचारसंहिता लागू हुने बताएका छन्।
'ए' डिभिजन लिगमा थ्री स्टारले आर्मीमाथि संघर्षपूर्ण जित हात पार्दा अर्को खेलमा मछिन्द्रले हिमालयन शेर्पासँग बराबरीमा खेल्दै अंक बाँडेको छ।
चीनमा भएको उच्चस्तरीय वार्तामा इरान र साउदीका विदेशमन्त्रीबीच पुनः दूतावास र कन्सुलर कार्यालय खोल्ने सहमति भएको छ।
नयाँ वरीयतामा नेपाल १७४औँ स्थानमा रहेको छ। यसअघि नेपाल १७५औँ स्थानमा रहेको थियो।
सांसदहरूले चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासमेत पुँजीगत खर्च न्यून भएको भन्दै सरकारले पुँजीगत खर्च बढाएर गुणात्मक विकास निर्माणको काम गर्नुपर्ने बताए।
सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न तयार हुँदै गरेको मस्यौदामा एनसेल सरकारको स्वामित्वमा नआउने ढंगले प्रावधान राख्न लागिएको भन्दै आपत्ति जनाए।
लाम्पार्डले यसअघि सन् २०१९ देखि २०२१ सम्म चेल्सीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, युभेन्टसका लिजेन्ड रोनाल्डो गत वर्ष अन्त्यमा साउदी अरबको क्लब अल–नासरसँग अनुबन्ध भएका थिए। उनको टोली साउदी प्रोफेसनल लिगमा दोस्रो स्थानमा छ।
ताइवान र अमेरिकाको निकटताले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।
२०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका चार वटा टावर पुनर्निर्माण गरी बिहीबारबाट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।