स्नेलफिसका ३०० भन्दा बढी प्रजाति हुने भएकाले हालै भेटिएका माछा ठ्याक्कै कुन हुन् भन्ने यकिन नभएको वैज्ञानिकको भनाइ छ।
बेमौसमी वर्षा, हावाहुरी र असिनाका कारण रुपन्देहीमा गहुँको उत्पादन चार प्रतिशतसम्म घट्नसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।
बाराको सिमरा रंगशालामा शनिबार राति चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै उपाधि जितेको हो।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ।
पाकिस्तानी विदेश मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न इरान सरकारसँग माग गरेको छ।
वर्षाले प्रभावित भएको खेलमा पन्जाब किंग्सले कोलकता नाइट राइडर्सलाई डकवर्थ–लुइस (डीएलएस) मेथडको आधारमा ७ रनले पराजित गरेको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितसँग भएको सहमति हर हालतमा कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन्।
सहसचिव प्रदीपकुमार कोइराला र संघर्ष समितिका तर्फबाट मनोजकुमार पासवान संयोजक रहेको टोलीबीच मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न आयोग गठनका लागि सरकारलाई सिफारिस गर्ने सहमति भएको छ।
मध्यअमेरिकामा शक्तिशाली आँधीका कारण कम्तिमा १० जनाको ज्यान गएको छ। मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन्।
डा. स्वर्णिम वाग्लेले नेपालमा छिटोभन्दा छिटो डेलिभरी दिने किसिमले राजनीतिक परिवर्तन गर्नुपर्ने बताएका छन्।
एमालेको सचिवालयको बैठकले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयक चालू संसद् अधिवेशनबाटै पारित गर्ने बताएका छन्।
पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको पर्यटनमन्त्री किराँतीको भनाइ छ।
जगदीशपुर मुलुककै सबैभन्दा धेरै पानी चरालाई आश्रय प्रदान गरिरहेको ताल हो। हालै भएको गणनामा यहाँ ४४ प्रजातिका ९ हजार ४८७ चरा भेटिएका छन्।
मिटरब्याज पीडितको समस्या अहिले पनि समाधान नभए कहिल्यै नहुने प्रधानमन्त्री दाहालले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पीडितहरू शनिबार बिहान बालुवाटार पुगेका छन्।
अमेरिकाको भर्जिनियास्थित न्युपोर्ट न्युज जेलका दुई जना कैदी दाँत माझ्ने ब्रस र फलामका छडको प्रयोगले पर्खालमा प्वाल पारेर भागेका थिए।
आईपीएल क्रिकेटमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच तथा दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।