AnonymousUser

Logout

कस्तो छ मंगलबारको मौसम?

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छ: शहरी विकासमन्त्री

मन्त्रालयले फोहोर व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्जुस्याइँ नगर्ने मन्त्री गुरुङको भनाइ छ।

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रणाली बेच्ने

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बेच्ने भएको छ।

सोमबार थप १२४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४४४ पुगे

सोमबार देशभर ४४४ जना सक्रिय संक्रमित छन्। तीमध्ये काठमाडौँ उपत्यकामा चार जनाको भेन्टिलेटर र १० जनाको आईसीयूमा उपचार भइरहेको छ।

बलियो नेपाल कप : स्टार क्रिकेट एकेडेमीलाई उपाधि

सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कपको उपाधि जितेको छ।

युक्रेनको हवाई सुरक्षा जोखिमबारे पेन्टागनको गोप्य दस्ताबेज सार्वजनिक

फेब्रुअरीको मिति उल्लेख भएका गोप्य दस्ताबेज कसरी सार्वजनिक भए भन्नेबारे अमेरिकी रक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाइएको छ।

‘ए’ डिभिजन लिग : पुलिसको पहिलो जित, चर्च ब्वाइज र एपीएफले अंक बाँडे

पुलिस क्लबले 'ए' डिभिजन लिगमा फ्रेन्ड्सलाई पराजित गर्दै पहिलो जित हात पारेको छ भने अर्को खेलमा चर्च ब्वाइज र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्।

अर्थतन्त्र सुधारोन्मुख भए पनि ‘ट्र्याक’मा आइसकेको छैन : प्रधानमन्त्री

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले पारेको असर न्यूनीकरणका लागि पहल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

५ बलमा लगातार ५ छक्का प्रहार गरेका रिन्कु भन्छन्- बललाई हानी मात्रै रहेँ

यश दयालको अन्तिम पाँच बलमा रिन्कुले लगातार पाँच छक्का प्रहार गरेपछि कोलकाताले २०५ रनको लक्ष्य पूरा गरेको थियो।

बालकलाई जिब्रोमा चुम्बन गर्न लगाएका दलाई लामाले मागे माफी

एक बालकलाई आफ्नो जिब्रोमा चुम्बन गर्न लगाएका धर्मगुरु दलाई लामाले माफी मागेका छन्।

बिस्का जात्रा

भक्तपुरमा बिस्का जात्रा

भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा शुरू भएको छ। भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरू भएको हो। यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु देवता तल सवारी हुने भनिन्छ। नववर्षको आगमनसँगै शुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ। जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा शुरू भएको छ। विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत नागनागिन मर्‍यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको छ।

सांसद श्रेष्ठको अडियो प्रकरण : रास्वपाले संसद्मा माग्यो माफी, संसदीय समिति बनाइ छानबिन गर्न माग

रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएको विषयमा माफी मागेको छ।

सांसद रावलको प्रश्न : २ करोडको अडियो 'भाइरल' छ, सरकार तथ्यसत्य के हो?

सांसद रावलले मेडिकल व्यवसायीसँग २ करोड मागिएको अडियोको विषयमा पार्टी विषयले भन्दा पनि  घटना सत्य हो या होइन तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताएकी छन्।

टीआरसी विधेयक सत्ता पक्षको मात्र विषय होइन: महेश बर्तौला

एमाले सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विषयगत समितिमा लगेर छलफल गरी पारित गर्नुपर्ने, त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएर मात्रै पारित गर्नुपर्ने बताएका छन्।

विषयगत समिति गठनका लागि मंगलबारसम्म सदस्यको नाम पठाउने सहमति

कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनका लागि मंगलबार बेलुकासम्म सदस्यको नाम पठाउने सहमति गरेको छ।

नयाँ स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाइँदै

अदालतको फैसलाको औपचारिक पत्र प्राप्त भएपछि लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाइने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए।

सञ्चालनमा आयो झापाको जुरोपानी सबस्टेसन

सबस्टेसनबाट विद्युत् आपूर्ति शुरू भएपछि गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने विद्युत् प्राधिकरणले जनाएको छ।

एसीसी प्रिमियर कपअघि नेपाल र ओमानबीच अभ्यास खेल

क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले एसीसी प्रिमियर कप प्रतियोगिताअघि ओमानसँग अभ्यास खेल खेल्न लागिएको बताएका छन्।

सिंहदरबार

थुप्रियो सिंहदरबार परिसरमा फोहोर

काठमाडौँ महानगरपालिकाले फोहोर संकलन नगर्दा सिंहदरबार परिसरको फोहोर उठ्न सकेको छैन। दैनिक रूपमा संकलन हुँदै आइरहेको फोहोर आइतबारदेखि उठ्न नसकेको हो। दुई दिनदेखि फोहोर नउठ्दा सिंहदरबार परिसर दुर्गन्धित हुन थालेको छ। संघीय सरकारको प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको भन्दै काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले सिंहदरबार परिसरको फोहोर नउठाउन निर्देशन दिएका हुन्। प्रमुख शाहले विगत नौ महिनाको अवधिमा पटक–पटक पहल गर्दा पनि केन्द्र सरकारले समन्वय नगरेको सामाजिक सञ्जालबाट स्पष्टीकरण दिएका छन्। आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएको मेयर शाहको भनाइ छ। उनले सामाजिक सञ्जालमार्फत सिंहदरबार परिसरको फोहोर नउठाउनुको १४ कारण सार्वजनिक गरेका छन्। गृह, परराष्ट्र, शिक्षा, स्वास्थ्य, पर्यटनसहित १४ मन्त्रालयसँग समन्वयका लागि पहल गरेको तर उनीहरूले आफ्नो आफ्नो पहललाई बेवास्ता गरेको आरोप लगाएका छन्। सिंहदरबारभित्रको फोहोर निजी कम्पनी परिवर्तन सेवा प्रालिले उठाउँदै आएको छ। उक्त कम्पनीले फोहोर उठाएर महानगरपालिकाले व्यवस्था गरेको ल्यान्डफिलमा लगेर विसर्जन गर्दै आएको थियो। महानगर प्रमुख शाहको निर्देशनपछि कम्पनीले संकलन गरेको फोहोर सिंहदरबार परिसर भित्रै पुतली बगैँचामा राखिएको जनाएको छ। तस्वीरहरू : किसन पाण्डे/उकालो

चिनियाँ अदालतद्वारा सरकार विरोधी अभियान चलाउने दुई वकिललाई जेल सजायको फैसला

चीनमा सरकार विरोधी ‘न्यु सिटिजन्स मुभमेन्ट’ चलाउने दुई वकिललाई शान्दोङ प्रान्तस्थित एक अदालतले जेल सजाय सुनाएको छ। उनीहरूलाई बन्दी बनाएको दुई वर्षपछि जेल सजाय सुनाइएको हो।