AnonymousUser

Logout

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन्।

अन्नपूर्ण आधार शिविरमा ‘हेली एभरेस्ट’को हेलिकप्टर दुर्घटना, पाइलट घाइते

पोखराबाट १२:०५ मा उडेको हेलिकप्टर अन्नपूर्ण आधार शिविरमा सामान पुर्‍याएर फर्कँदै गर्दा दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले बताए।

लेखराज भट्ट भेट्न कैलालीस्थित निवासमै पुगे प्रधानमन्त्री दाहाल

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल कैलाली पुगेका छन्। सो क्रममा गोदावरी नगरपालिकास्थित भट्टको निवासमा दुई नेताबीच भेटवार्ता भएको हो।

सन्दीपविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

सर्वोच्च अदालतले सन्दीपविरुद्धको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन आदेश दिइसकेको छ। प्राथमिकतामा परेकाले आज उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना छ। 

पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विष्ट विजयी

शनिबार भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विष्ट ८४१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए। 

भिल्लारियलसँग घरेलु मैदानमै हार्‍यो रियल मड्रिड

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड २८ खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना ७१ अंक जोडेर शीर्षस्थानमा छ। 

कस्तो छ आइतबारको मौसम?

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

पेरिस ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरियो नेपाल

नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित हुँदै पेरिस ओलम्पिक–२०२४ को महिला फुटबलअन्तर्गत एशियाली छनोटबाट बाहिरिएको छ।

संक्रमणकालीन न्याय निरूपण गर्न मध्यमार्गी विकल्प अपनाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विषय छिटोभन्दा छिटो टुंग्याउन मध्यमार्गी विकल्प अपनाइने बताएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नलगी टुंगिँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओली संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई कुनै पनि हालतमा संसदीय समितिमा लैजानुपर्ने बताएका छन्।

शनिबार ६४ जनामा कोरोना संक्रमण, ८ जना आईसीयूमा

शनिबार देशभर ३५७ जना सक्रिय संक्रमित छन्। तीमध्ये ८ जना आईसीयूमा र १५ जना संस्थागत आइसोलेसनमा छन्।

नेवा: संस्कृति

उपत्यकामा जीवित छ, नेवा: संस्कृति

नेवा: संस्कृति काठमाडौँ उपत्यकाको मौलिक संस्कृति हो। यहाँका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन्। बागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिमस्थल हुन्। काठमाडौँका नेवारहरू कला, साहित्य, गीतसंगीत, खानपान, जात्रालगायतका अनेकौँ पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन्। नेवार समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकलालगायत सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन्। त्यसैले त काठमाडौँमा नेवा: संस्कृतिको छुट्टै महत्त्व र पहिचान छ। तस्वीर : न्युज एजेन्सी नेपाल

किस्ता–किस्ताका सवाल जवाफमा अल्झने फुर्सद छैन : स्वर्णिम वाग्ले

डा. स्वर्णिम वाग्लेले राजनीतिलाई सङ्ग्लो बनाउँदै लगेपछि सामाजिक, आर्थिक, पर्यावरण, भौतिक पूर्वाधारका क्षेत्रमा चाहेजस्तो प्रगति गर्न सकिने बताएका छन्।

एमालेमा गुटबन्दी छैन, सब एकजुट छन् : ओली

अध्यक्ष ओलीले एमाले मुलुकमा अरू पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताएका छन्।

मुकुन्द न्यौपानेले त्यागे एकीकृत समाजवादी, एमालेमा फर्किने

न्यौपानेले एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको आरोप लगाएका छन्।

दूरसञ्चारसम्बन्धी कानून नै बनाउनु हुँदैन झैँ टिप्पणी गरियो : मन्त्री शर्मा

सञ्चारमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे मन्त्रालयले छलफल नै नगरेका विषयहरू मिडियामा आइरहेको भन्दै असन्तुष्टि जनाएकी छन्।

‘डोको क्यारी रन’को उपाधि रमेशलाई

ताप्लेजुङमा आयोजित ‘डोको क्यारी रन’का विजेताले ३० हजार, उपविजेताले २० हजार तथा तृतीयले १० हजार रुपैयाँ प्राप्त गरेका छन्।

व्यक्तिगत चाहना त्यागेर देशका लागि काम गरौँ : सभामुख घिमिरे

वर्तमान प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीका लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको सभामुख घिमिरेको भनाइ छ।

भासिए निर्माणाधीन समिट अपार्टमेन्ट आसपासका घर [तस्वीर/भिडियो]

ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका छन्।

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

कोषले बागमतीका २०, कोशी र मधेसका नौ/नौ, गण्डकीका दुई र लुम्बिनी प्रदेशका चार अस्पतालसँग अनलाइन सम्झौता गरेको छ।