चेल्सीले ३० वर्षीय जियेचका लागि २० मिलियन युरोको प्रस्ताव गरेको छ। उनी सन् २०२० मा आयाक्सबाट ३३.३ मिलियनमा चेल्सी आएका थिए।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै विधेयकहरू प्रमुख प्रतिपक्ष एमाले सहितका दलहरूकै सहमतिमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्।
मन्त्रिपरिषद् बैठकले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौँ महानगरका मेयर शाहको अभिव्यक्ति अव्यावहारिक रहेको ठहर गर्दै नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको छ।
मलेसिया क्रिकेट एसोसिएसनले मंगलबार अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।
कारोबारमा आएका २६२ वटा कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर ३५ हजार २३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ।
आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदील राईले गोल गरे। जावलाखेलका सुनिल खड्काको गोल सान्त्वना रह्यो।
दुई साता लामो बालीकतान अभ्यासका क्रममा साउथ चाइना सीमा हुने सम्भावित आक्रमणविरुद्ध प्रतिकारको रणनीतिसमेत अपनाइने बताइएको छ।
मछिन्द्रले खुमलटारविरुद्ध ७ गोल गर्यो। खुमलटारले भने ३ गोल मात्रै फर्काउन सक्यो।
वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको छ।
कांग्रेस महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएका कांग्रेससहितका दलहरूलाई अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नरहेको बताएका छन्।
गत वर्ष नेपाल अप्ठ्यारो अवस्थाबाट गुज्रिएको र त्यसको असर अन्य क्षेत्रमा पनि देखिएको तर अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो।
गभर्नर अधिकारी बैंक क्षेत्रमा देखिएको तरलता अभावमा सुधार देखिएकाले समग्र वित्तीय क्षेत्र सुरक्षित र सानोतिनो धक्काले अप्ठ्यारो नपार्ने बताएका छन्।
सिटी सेन्टरको ओल्ड नेशनल बैंकनजिक २५ वर्षीय कोनोर स्टर्जिनले धन्धाधुन्ध गोली चलाएका थिए। गोली चलाउँदै गर्दा उनले इन्टाग्रामबाट लाइभस्ट्रिमिङ समेत गरेका थिए।
आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने प्रधानमन्त्री दाहालको भनाइ छ।
सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा बसेको बैठकमा सत्य निरूपण तथा मेलमिलापलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ।
यस साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन्। नयाँ वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन्।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ। सत्तारूढ दलको संयुक्त न्यूनतम साझा कार्यक्रममा संक्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाइएको छ।
प्रतिनिधिसभा सदस्य श्रेष्ठले व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको टेलिफोन संवाद आइतबार बाहिरिएको थियो।
नेपालमा कोरोना भाइरसको संक्रमण केही दिनयता उकालो लागेको छ। सोमबार १२४ जनामा कोरोना संक्रमण देखिएको थियो।
विकेट किपर निकोलस पुरनले विष्फोटक ब्याटिङ गरेपछि लखनऊले बेंगलोरलाई एक विकेटले पराजित गरेको छ। जितसँगै लखनऊ शीर्षस्थानमा उक्लिएको छ।