प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएपछि डायलासिस गराइरहेका बिरामी प्रदीपकुमार दासले चढाइरहेको रगतको पाइप चुडाइँदा उनको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयले विगत २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै एक जनाको मृत्यु भएको जनाएको छ। मंगलबार पनि एक जनाको मृत्यु भएको थियो भने १०६ जना नयाँ संक्रमित फेला परेका थिए।
नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इन्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४२ अंकले बढेको छ।
महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।
चौधरी समूहको मुख्य लगानी रहेको समिट होटेल तथा अपार्टमेन्ट निर्माणका क्रममा शुक्रबार राति जमिन नै भासिएपछि अपसासका घर भासिएका थिए।
प्रशिक्षक प्रदीप हुमागाईंले वर्क परमिट नपाएपछि चर्च ब्वाइजबाट राजीनामा दिएका थिए। त्यसयता क्लब प्रशिक्षकविहीन थियो।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाका अनुसार बुधबार बिहान क्याम्प–१ र क्याम्प–२ बीच हिमपहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन्।
बैंकर्स संघकाे बुधबारकाे बैठकले बैशाख १ देखि मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत खाताकाे ७.९ प्रतिशत बनाउने निर्णय गरेकाे छ।
मन र विचार मिल्नेसँग एकताका लागि तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस्तो सम्भावना नरहेको अध्यक्ष नेपालले बताएका छन्।
विश्वविख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले सन् १९९८ मा एबीए फाइनलमा लगाएको जुत्ता २२ लाख डलर बिक्री भएको छ। अमेरिकी फाइनआर्टस् कम्पनी सथबीजले याे जुत्ता लिलामीमा राखेकाे थियाे।
रुविना फेयर ब्रेक टी–२० क्रिकेट प्रतियोगितामा पाँच विकेट लिने चौथो खेलाडी हुन्। उनी जारी प्रतियोगिता पाँच विकेट लिने पहिलो बलरसमेत हुन्।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ तथा पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन्।
नेताहरू चुनावी अभियानमा रहेकाले बैठक पाँच घण्टा सारिएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
बैतडीबाट बझाङ जाँदै गरेको जिप गएराति साढे ११ मा दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ५०० मिटर तल खसेको बैतडीका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।
च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३–० ले पराजित गरेको छ।
दिल्लीले दिएको १७३ रनको विजयी लक्ष्य मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।
बेलायती अर्थतन्त्रले यस वर्ष खराब प्रदर्शन गर्ने भनिए पनि पहिलेको तुलनामा ०.६ प्रतिशत सुधारको अपेक्षा गर्न सकिने पनि आईएमएफले उल्लेख गरेको छ।
ब्याजदर घटाउन केन्द्रीय बैंकमाथि प्रधानमन्त्री र अर्थमन्त्रीको दबाब परेको छ। तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ब्याजदर घटाउने वा बढाउने आफूहरूको हातमा नहुने बताउँछन्।
म्यानमारको सैनिक सरकारविरोधी गतिविधिका लागि स्थापित नेशनल युनिटी गभर्नमेन्टले आक्रमणमा ५३ को मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ।