संघीय संसद्अन्तर्गत सोमबार दुवै सदन प्रतिनिधसभा र राष्ट्रियसभाका बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ।
आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि त्यसको बेवास्ता र लापरबाही भएको भन्दै मेयर शाहले असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नउठाइएको बताएका छन्।
ईशनाथका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरूद्ध अख्तियारले आइतबार १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो, त्यति नै जरिवाना र दुई वर्ष कैद सजाय मागदाबीसहित मुद्दा हालेको छ।
खेलको पहिलो हाफमा नै ३ गोल भएको थियो। लिभरपुलको मैदानमा आर्सनलले २५ मिनेटभित्र २ गोल गरेको थियो। उसले आठौँ र २५ मिनेटमा गोल गरेको थियो।
गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गर्न निर्देशन दिएको छ।
साउदी अरब र विद्रोही हुथी समूह बीचको वार्तालाई यमनमा जारी वर्षौँदेखिको युद्ध अन्त्यको संकेतका रूपमा लिइएको छ।
सांसदहरूले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन्।
राजधानी दमासकसनजिकै समेत विस्फोटका आवाज सुनिएको सिरियाली समाचार माध्यमहरूले उल्लेख गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको छ।
रास्वपा सभापति लामिछानेले बाराको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले अडियोमा उल्लेख गरेका आफू वरपरका मानिसहरूलाई पनि कारबाहीको दायरामा ल्याउने वाचा गरेका छन्।
‘ए’ डिभिजन लिगमा मछिन्द्रले संकटालाई पराजित गरेको छ भने अर्को खेलमा एनआरटीले हिमालयन शर्मालाई हराउँदै पहिलो जित हात पारेको छ।
संयुक्त रूपमा दिएको राजीनामा पत्रमा देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्षकमा मुख्यमन्त्री शर्माको सहजताका लागि एमाले सरकारबाट बाहिरिएको उल्लेख छ।
देशभर ३९६ जना सक्रिय संक्रमित छन्। तीमध्ये चार जनाको भेन्टिलेटर र सात जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने १३ जना संस्थागत आइसोलेसनमा छन्।
राष्ट्रिय मुद्रालाई पुनर्स्थापित गर्दै मुद्रा नीतिलाई नियन्त्रण गर्ने सोमालियाको केन्द्रीय बैंकको तयारी गरेको ब्लुमबर्गले जनाएको छ।
ट्याटु कन्भेन्सन
नेपाल ट्याटु प्रालिको आयोजनामा चैत २४ देखि १०औँ नेपाल ट्याटु कन्भेन्सन भइरहेको छ। ललितपुरको हेरिटेज गार्डेनमा भइरहेकाे कन्भेन्सनमा अमेरिका, अस्ट्रेलिया, जर्मनी, थाइल्यान्ड, स्पेन, भारतलगायत देशबाट २०० जना ट्याटु आर्टिस्ट आएका छन्। ट्याटु खोप्न ९० वटा बुथ राखिएको छ। शरीरका विभिन्न अंगमा ट्याटु खोप्न र ट्याटुबारे बुझ्न यहाँ युवाको घुइँचो लागेको छ। कन्भेन्सन आइतबार सकिने छ। तस्वीर : फोटो लाइब्रेरी
सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाएर बकपत्र गराउन आदेश दिएको छ।
ओमानका प्रशिक्षक दुलीप मेन्डिसले नेपालमा हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गर्दै राम्रो नतिजाको अपेक्षा गरेको बताएका छन्।
अमेरिका नजान र त्यहाँ कुनै पनि नेतालाई नभेट्न चीनले दिएको धम्कीका बावजुद ताइवानी राष्ट्रपति साईले अमेरिकी सभामुख म्याकर्थीसहित केही नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।
रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापतिलाई पैसा बुझाउनुपर्ने उल्लेख गर्दै दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएको छ। रास्वपाले यसबारे छानबिन शुरू गरिएको जनाएको छ।
मेयर महर्जनले ललितपुरको बखुण्डोलमा बन्दै गरेको समिट अपार्टमेन्ट वरपरको जमिन भासिएर घरहरू भत्किनुमा निर्माण कम्पनी दोषी रहेको बताएका छन्।