युक्रेन–रुस द्वन्द्व रोक्न चीनको महत्त्वपूर्ण भूमिका रहेको र मस्कोमाथि आफ्नो प्रभावको प्रयोग गर्न फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चिनियाँसमकक्षी सीलाई आग्रह गरे, तर सीले स्पष्ट प्रतिक्रिया दिएनन्।
घर
ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिएपछि स्थानीय मारमा परेका छन्। शुक्रबार राति सो अपार्टमेन्ट वरिपरिका घर भासिएपछि स्थानीयवासीको भागदौडसमेत मच्चिएको थियो। नक्सा पास नै नगरी र आफूहरूसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन शुरू गरेपछि आफूहरूको घरसमेत भासिन पुगेको स्थानीयको आरोप छ। उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन्।
बन्चरेडाँडाको फोहोरको झोल कोल्पुखोलामा मिसाएको भन्दै बिहीबारको संसद् बैठकमा सांसदले मेयर शाहमाथि प्रश्न उठाएका थिए।
इलामको कन्याम आन्तरिक पर्यटकले सबैभन्दा धेरै फोटो खिच्ने र फोटोबाट चिनिने नेपालका प्रमुख ठाउँमध्ये एउटा हो।
सरकारले मुक्तिको घोषणा गरेको नौ महिना भइसक्दा पनि पुनः स्थापना हुन नसकेको भन्दै शनिबारदेखि जनकपुरधाम लक्षित ५ दिने अधिकार यात्रा शुरू गर्न लागिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले जनाएको छ।
मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
घरेलु मैदानमा जितका लागि पाएको १२२ रनको लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विपन्न परिवारलाई बिमाको दायरामा ल्याउन नसकिएको बताएका छन्।
सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।
अर्थमन्त्री महतले पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको मूल्य बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको बताएका छन्।
'ए' डिभिजन लिगमा मनाङ फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने जावलाखेल र खुमलटारले बराबरी खेल्दै अंक बाँडेका छन्।
सरकारी पक्ष र विद्रोही समूहबीच हिंसा भड्किएपछि बुधबारयता करिब १० हजार म्यानमारका नागरिक छिमेकी मुलुक थाइल्यान्डमा शरण लिन पुगेको बताइएको छ।
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले रास्वपा सभापित लामिछानेको राहदानीसम्बन्धी विवाद प्रमाणहरूको मूल्यांकन गरी प्रक्रियागत रूपमा नै टुंग्याइएको दाबी गरेका छन्।
मन्त्री शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थासँग मिलेमतो गरेर आफू र सञ्चार मन्त्रालयले कुनै पनि काम नगर्ने बताएकी छन्।
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्।
सांसद विद्या भट्टराईले संविधान र कानूनको ख्याल गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
भारतमा कोरोना संक्रमितको संख्या एकै सातामा करिब दोब्बर देखिएको छ। मार्चको तुलनामा अप्रिलमा कोरोना संक्रमण बढेको बताइएको छ।
हाँडीगाउँ
काठमाडौँको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरीनै खोज्ने गरिएको भनाइ छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले संसद्मा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।
सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकमा प्रधानमन्त्री दाहालले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने बताएका छन्।