AnonymousUser

Logout

नयाँ पर्यटकीय गन्तव्य, ताङतिङ गाउँ

पोखराबाट २७ किलोमिटर दूरीमा अवस्थित तानतिङ गाउँ गुरुङ संस्कार र संस्कृतिको अवलोकनका लागि चर्चित छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

अपराह्नपछि हावाहुरीसमेत चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

हैदराबादसँग कोलकत्ता पराजित

जितका लागि २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनायो।

शुक्रबार थप १३६ जनामा कोरोना संक्रमण, ४०१ सक्रिय संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन्।

पेन्टागनका अति गोप्य दस्ताबेज ‘लिक’ गर्ने सन्दिग्ध पक्राउ, अदालतमा उपस्थित गराइँदै

गोप्य सरकारी कागजातहरू ‘लिक’ गरेको आशंकामा २१ वर्षीय ज्याक तेइसेरालाई एफबीआईले पक्राउ गरेको छ।

वैशाख ९ गते गण्डकी प्रदेशसभाको अधिवशेन आह्वान

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले वैशाख ९ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।

हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले १२ वटा छुट्टाछुट्टै कार्यक्रम गरेर यस वर्ष मात्रै ३० वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।

नयाँ वर्षको अवसर पारेर ३ चलचित्र प्रदर्शनमा

नयाँ वर्षकाे अवसर पारेर शुक्रबारदेखि नेपाली चलचित्रहरू ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्।

पर्यटक लिएर मुस्ताङ गइरहेको बस म्याग्दीमा दुर्घटना, ४ जना घाइते

काठमाडौँबाट मुस्ताङ गइरहेको बस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा दुर्घटनामा परेको हो।

जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउन आवश्यक : ओली

राष्ट्रहित र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनुपर्ने अध्यक्ष ओलीले बताएका छन्। 

सुदूरपश्चिममा सिस्नुपानी छ्यापेर मनाइँदै ‘बिसु’ पर्व 

एकापसमा सिस्नुपानी छ्यापेर ‘बिसु’ पर्व मनाइन्छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ।

साझा संघर्षबाट आर्थिक र सामाजिक परिवर्तन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्रीका रूपमा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने उनको प्रतिबद्धता छ।

साबिक विजेता गुजरातसँग पन्जाबको हार

बिन्द्रा स्टेडियममा घरेलु टोली पन्जाबले दिएको १५४ रनको विजयी लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

विक्रम संवत् २०८० शुरू, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै 

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्छन्।

वित्तीय अनुशासन उल्लंघन बढ्दै, अर्थमै बढी बेथिति

सरकारले सार्वजनिक खर्च व्यवस्थापनमा कुशलता अभिवृद्धि गरी आर्थिक अनुशासन कायम गर्ने, चालु खर्चमा नियन्त्रण र पुँजीगत खर्च वृद्धि गर्ने नीति लिए तापनि सोअनुसार हुन नसकेको महालेखाको ठहर छ।

वर्ष २०७९ का प्रमुख घटना : बजेटमा तोडमोडदेखि गृहमन्त्री पदमुक्तसम्म

चुनावी वर्ष २०७९ मा राजनीतिक दलहरूको ध्यान सत्ता दाउपेचमा देखियो। यो वर्ष करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको घटनादेखि रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवाद चर्चा रह्यो।

लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी बोर्डको बैठकले ठूला आयोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको बताएका छन्।

'ए' डिभिजन लिग : थ्री स्टारसँग पुलिस पराजित

थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ। पराजय बेहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ।

एक वर्षमा थपियो १ खर्ब १९ अर्ब बेरुजु

कुल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड ७ लाख रुपैयाँ पुगेको छ। यसमध्ये ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ अद्यावधिक गर्नुपर्ने बेरुजु हो।

काठमाडौँ महानगरका मेयरको कदम राम्रो होइन : सञ्चारमन्त्री शर्मा

मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन्।