सबैभन्दा पहिला ब्राजिलमा भेटिएको गहुँको ढुसीजन्य रोग दक्षिण अमेरिका हुँदै अहिले अफ्रिका र एशियाको बंगलादेशमा देखिएको छ। यो रोगका कारण गहुँ उत्पादन नै संकटमा पर्न सक्ने विज्ञहरू बताउँछन्।
कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालमा कोभिड १९ विरुद्ध खोप लगाउनेको संख्या पनि बढेको छ। नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ ले ४२ प्रतिशत संक्रमण फैलाइरहेको छ।
अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले शनिबार राष्ट्रपतिको कार्यालय, विमानस्थल र अन्य महत्त्वपूर्ण संरचना कब्जा गरेपछि दोहोरो भिडन्त शुरू भएको हो।
कोरोना संक्रमणबाट शनिबार चितवनका ६४ वर्षीय पुरुष र आइतबार बिहान कञ्चनपुरकी ७३ वर्षीया महिलाको मृत्यु भएको छ।
रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धि विवादका क्रममा गोली प्रहार हुँदा स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ।
दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा हुनेछ। यस्तै तराईका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ।
लखनऊले दिएको १६० रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो।
'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दीलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिँदा मछिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
सुडानको अर्धसैनिक समूहले राष्ट्रपति भवन, सेनाको मुख्यालय र खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ।
ओमानले दिएको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको छ।
फूलैफूलको मौसम
काठमाडौँ उपत्यका सडक किनारमा फुलेका फूलले ढकमक्क छ। धुँवाधुलो र प्रदूषण त छँदैछ तर, त्यहीबीच फुलेका रंगीचंगी फूल र हरियालीले संघीय राजधानीलाई मनमोहक बनाएको छ। सडकसँगै नदी किनार, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ। पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन्। चेरी र आरु फूलको दृश्यमा यात्रुहरू रमाइरहेका देखिन्छन्। तस्वीर : न्युज एजेन्सी नेपाल
कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका छन्।
वाकायामा आयोजित चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ प्रहार भएको थियो। उनलाई सुरक्षित रूपमा सकुशल कार्यक्रम स्थलबाट निकालिएको बताइएको छ।
इरानमा सरकारविरोधी आन्दोलनमा सहभागी चार जनालाई फाँसीको सजाय भयो। थप १०० जना प्रदर्शनकारी थुनामा छन्। उनीहरूलाई पनि फाँसीको सजाय हुनसक्ने सक्ने भन्दै मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।
खड्ग गर्बुजा सालैजो सोरठी, यानिमाया, ठाडो भाका, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकप्रिय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी गायक हुन्।
नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व शुरू हुन्छ। होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलोपानी दलिन्छ।
निमोनिया संक्रमण भएपछि राधादेवीलाई उपचारका लागि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।
निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती, वासुदेव त्रिपाठी, ध्रुवचन्द्र गौतम, तीर्थबहादुर श्रेष्ठ, तोया गुरुङ, तुलसी दिवसलगायत ११ जनाले रिट निवेदनमा सम्मानवापत दिइएको मासिक रकम पाउनुपर्ने जिकिर गरेका छन्।
गोली चलाउने सहायक हवल्दार प्रकाश कायममुकायम प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हुन्। वर्षामान पुनको नातेदार रहेका उनी नयाँ वर्ष मनाउन गौरीधारा गएका थिए।
बिस्केट जात्रा
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयले शनिबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्। बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो। यस जात्राको अवसरमा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो। बिहीबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरू भएको थियो।