Saturday, April 27, 2024

-->

मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन निर्वाचन आयोगमा सिफारिस गर्ने जसपाले निर्णय गरेको छ।

मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमन जानकारी दिए।

पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो। रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको हो।


सम्बन्धित सामग्री