Friday, April 26, 2024

-->

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो।

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख छ हजार तीन सय पुगेको छ। 

अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार आठ सय छ। 

यसको मूल्य अघिल्लो दिनको मूल्य रु एक लाख पाँच हजार पाँच सय थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ६५ कायम रहेको महासंघले जनाएको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।


सम्बन्धित सामग्री