Friday, April 26, 2024

-->

नेपालबाट विदेशमा घरजग्गा र सेयरमा लगानी गरे कारबाही : राष्ट्र बैंक

राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा घरजग्गा, सेयर खरिद तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेको भेटिए कारबाही हुने चेतावनी दिएको छ।

नेपालबाट विदेशमा घरजग्गा र सेयरमा लगानी गरे कारबाही  राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले नेपालमा बसोबास गरेर विदेशमा घरजग्गा, सेयरमा लगानी तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेको पाइए कारबाही हुने चेतावनी दिएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै केन्द्रीय बैंकले तोकेको व्यवस्थाबाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरिएको जनाएको हो। सूचनामा त्यस्तो कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने जनाइएको छ।

“नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी जस्तै: विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायत पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचारप्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नू/नगराउनु हुन र त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ”, सूचनामा भनिएको छ।


सम्बन्धित सामग्री