Friday, April 26, 2024

-->

कालीकोट बम विष्फोट घटनाको अनुगमन शुरू

आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

कालीकोट बम विष्फोट घटनाको अनुगमन शुरू
तस्वीर : उकालो

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाई अनुगमन शुरु गरेको छ।

कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना बालबालिका घाइते भएका थिए। घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमनसमेत शुरु गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए। 

आयोगले यस्ता प्रकारका घटना विगतदेखि नै भइरहेको सन्दर्भमा यस्ता घटनालाई संवेदनशीलरूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन मागसमेत गरेको छ।

आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले सरकार र सम्बद्ध निकायलाई आग्रहसमेत गरेको छ।


सम्बन्धित सामग्री