Saturday, April 27, 2024

-->

सिनामंगलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो, १ जना पक्राउ

सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्स अगाडि भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।

सिनामंगलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो १ जना पक्राउ

काठमाडौँ– सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ।

सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि बुधबार बिहान भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको हो।

उक्त वस्तु बम नभएको पाइएको छ। कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो। 

यसैबीच, सोही स्थानबाट सोही स्थानबाट प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।

 


सम्बन्धित सामग्री